spot_img
शुक्रबार, जेष्ठ २४, २०८२
शुक्रबार, जेष्ठ २४, २०८२
- Advertisement -spot_imgspot_img
समाचारसडक दुर्घटना न्यूनिकरणको सन्देशसहित ट्राफिक सचेतना सप्ताह प्रारम्भ

सडक दुर्घटना न्यूनिकरणको सन्देशसहित ट्राफिक सचेतना सप्ताह प्रारम्भ

२०८२ जेष्ठ २२ जनकपुरधाम : मधेश प्रदेश सरकार अन्तर्गत गृह, सञ्चार तथा कानून मन्त्रालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय, धनुषाको संयुक्त आयोजनामा सडक सुरक्षा तथा ट्राफिक सचेतनामूलक सप्ताह -२०८२ जनकपुरधाममा सुरु भएको छ। सात दिने कार्यक्रमअन्तर्गत ट्राफिक नियमको पालना, सवारी दुर्घटना न्यूनीकरण तथा नागरिक सचेतनामा केन्द्रित विविध गतिविधिहरू सञ्चालन गरिनेछन्।

कार्यक्रमको उद्घाटन आज बिहान ७ बजे रामानन्द चोकबाट सुरु भएको सांस्कृतिक झाँकी, प्रहरी व्याण्ड र जनचेतनामूलक र्याली बाट गरिएको हो। र्याली अस्पताल रोड, जानकी मन्दिर, जनक चोक, राम मन्दिर, भैरव चोक हुँदै जिल्ला प्रहरी कार्यालयसम्म पुगेको थियो।

- Advertisement -

त्यसपछि निधिभवनको सभाहलमा आयोजना गरिएको उद्घाटन समारोहको सभापतित्व प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री माननीय राज कुमार लेखीले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि प्रदेशका मुख्यमन्त्री माननीय सतिश कुमार सिंह रहनु भएको थियो।

कार्यक्रममा पानसमा बत्ती बालेर तथा हेल्मेट लगाएर सांकेतिक रूपमा उद्घाटन गरिएको थियो। गृह मन्त्रालयका सचिव विमल प्रसाद बरालले स्वागत मन्तव्य दिँदै ट्राफिक सप्ताहको औचित्यमाथि प्रकाश पार्नुभयो। प्रदेश प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमा प्रसाद चतुर्वेदीले सडक सुरक्षाको वर्तमान अवस्थाबारे जानकारी दिनुभएको थियो।

- Advertisement -

उद्घाटन समारोहमा ट्राफिक प्रहरीद्वारा सचेतनामूलक नाटक र नृत्य प्रस्तुत गरिनुका साथै प्लेकार्ड प्रदर्शन पनि गरिएको थियो। कार्यक्रममा प्रमुख तथा विशिष्ट अतिथिहरूले ट्राफिक नियम पालनाको सन्देश दिँदै आम सर्वसाधारणलाई सचेत रहन आह्वान गर्नुभयो।

सात दिने कार्यक्रम यसप्रकार रहेका छन्:

 पहिलो दिन – प्रभातफेरी, झाँकी, सडक नाटक, प्लेकार्ड तथा स्टिकर टाँस, हेल्मेट प्रयोगको सन्देश, पर्चा वितरण।
दोस्रो दिन – यातायात व्यवसायी र मजदुरसँग अन्तरक्रिया, विद्यालयमा प्रशिक्षण।
तेस्रो दिन – सार्वजनिक सवारीको चेकजाँच, सिट क्षमता तथा भाडादर अनुगमन।
चौथो दिन – रक्तदान, ट्राफिक लाइटमा पैदलयात्रुलाई सचेत गराउने, ग्रामिण क्षेत्रमा जनचेतना।
पाँचौं दिन – चालकहरूको स्वास्थ्य परीक्षण, ड्रग टेस्ट, विद्यार्थी स्वयंसेवक परिचालन।
छैठौं दिन – ट्राफिक नियमसम्बन्धी विद्यार्थी प्रशिक्षण, सडकमा सिधा अभिमुखीकरण।
सातौं दिन – संचारकर्मीहरूसँग अन्तरक्रिया, समापन समारोह, कदरपत्र वितरण, दीप प्रज्वलन, कार्यक्रम विश्लेषण।

सप्ताहभर सवारी साधनमा स्टिकर टाँस्ने, बजार क्षेत्रमा जिंगल बजाउने, निर्देशिका वितरण, र विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन हुनेछन्।

- Advertisement -

सडक सुरक्षालाई नागरिक जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषयको रूपमा लिनुपर्ने आवश्यकता रहेको र यस्ता सचेतनामूलक कार्यक्रमले दीर्घकालीन रूपमा सवारी दुर्घटनामा कमी ल्याउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार