spot_img
बुधबार, जेष्ठ १५, २०८२
बुधबार, जेष्ठ १५, २०८२
- Advertisement -spot_imgspot_img
समाचारप्रधानमन्त्रीको अभिव्यक्तिप्रति मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण

२०८२ जेष्ठ १३ काठमाडौ : आगामी जेठ १५ गते राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समितिले काठमाडौँमा आयोजना गर्न लागेको आन्दोलनको पृष्ठभूमिमा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले मुलुकको राजनीतिक वातावरण तताएको छ। प्रधानमन्त्री ओलीले सार्वजनिक रूपमा ‘काठमाडौँ जेठ १५ गते एघार बजेदेखि दुई बजेसम्म नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ’ भन्ने अभिव्यक्ति दिएका थिए।

उक्त अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोग (रामा अा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगका अनुसार सरकारले जिम्मेवारीपूर्वक शान्ति सुरक्षा कायम गर्नुपर्ने अवस्थामा कुनै पनि राजनीतिक दल वा समूहद्वारा क्षेत्र कब्जा गर्ने अभिव्यक्ति विधिको शासन र लोकतान्त्रिक मूल्य मान्यताको विरोधी हो।

- Advertisement -

आयोगद्वारा सोमबार प्रकाशित प्रेस विज्ञप्तिमा भनिएको छ, “शान्तिपूर्ण तवरबाट विचार र अभिव्यक्ति राख्न नेपालको संविधानले दिएको हकको सम्मान हुनुपर्छ। कुनै पनि अभिव्यक्ति अरूको अधिकार, विचार वा प्रदर्शनप्रति लक्षित हुँदै द्वन्द्व सिर्जना गर्नेजस्तो देखिनु चिन्ताजनक विषय हो।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा आन्दोलन गर्ने समूहलाई शान्तिपूर्ण ढंगले आफ्नो विरोध राख्न आग्रह गरिएको छ भने सुरक्षाका निकायहरूलाई राजधानीलगायतका क्षेत्रको शान्तिसुरक्षा मजबुत बनाउन निर्देशन दिइएको छ।

- Advertisement -

आयोगले सबै राजनीतिक दल, समूह तथा नेताहरुलाई संयमित भाषा प्रयोग गर्न, उत्तेजनात्मक अभिव्यक्तिबाट टाढा रहन र लोकतान्त्रिक मूल्यहरूको संरक्षणमा ध्यान दिन विशेष आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार