spot_img
आइतबार, जेष्ठ ६, २०८१
आइतबार, जेष्ठ ६, २०८१
- Advertisement -spot_imgspot_img
खेलकुदचार देशीय महिला टी–२० क्रिकेटमा नेपालले जापानलाई ६७ रनले...

चार देशीय महिला टी–२० क्रिकेटमा नेपालले जापानलाई ६७ रनले हरायो

मंसिर २,काठमाण्डाै – चार देशीय महिला टी–२० क्रिकेट शृङ्खलामा नेपालले जापानलाई ६७ रनले हराएको छ ।

- Advertisement -

हङकङमा आज बिहान भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो ।

जापान निर्धारित २० ओभरमा ४६ रनमा अलआउट भयो । नेपालका लागि अस्मिना कर्माचार्यले ४ तथा सङ्गीता राईले ३ र पूजा महतोले २ विकेट लिइन् ।

- Advertisement -

त्यसअघि नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय १३ रन बनाएको थियो । नेपालका लागि रुविना क्षेत्रीले सर्वाधिक ३८ रन बनाइन् । त्यस्तै, कप्तान इन्दु बर्माले २७ रन जोडिन् । शृङ्खलामा यसअघि नै तान्जानिया र हङकङसँग पराजित भएकाे नेपाल फाइनलमा पुग्न सकेन । हङकङले आयोजना गरेको शृङ्खलामा घरेलु टोलीसहित नेपाल, जापान र तान्जानिया सहभागी छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार