spot_img
आइतबार, जेष्ठ ६, २०८१
आइतबार, जेष्ठ ६, २०८१
- Advertisement -spot_imgspot_img
समाचारअन्तर्राष्ट्रियबंगलादेशमा आगामी जनवरीमा संसदीय चुनाव हुँदै

बंगलादेशमा आगामी जनवरीमा संसदीय चुनाव हुँदै

एजेन्सी

कार्तिक ३०, काठमाडौँ — बंगलादेशका मुख्य निर्वाचन आयुक्त काजी हबिबुल अवालले देशको १२ औं संसदीय निर्वाचन जनवरी ७ मा हुने बताएका छन् । राष्ट्रका नाममा टेलिभिजनमा सम्बोधन गर्दै अवालले चुनावको मिति तोकेका हुन् । कार्यतालिकाअनुसार उम्मेदवारहरुले नोभेम्बर अन्तिमसम्म उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।

- Advertisement -

उम्मेदवारी फिर्ता लिने अन्तिम मिति डिसेम्बरमा तोकिएको छ । उम्मेदवारहरुले नाभेम्बर अन्तिमदेखि चुनावी प्रचार सुरु गर्न सक्नेछन् । निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै अवालले सबै राजनीतिक दललाई निर्वाचनमा जुट्न आग्रह गरेका छन् ।

- Advertisement -
निर्वाचन आयोगले चुनावको मिति तोक्दै गर्दा प्रतिपक्षी दलहरूले भने प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरेका छन् । मुलुकका विभिन्न ठाउँमा प्रदर्शन गर्दै उनीहरूले कामचलाउ सरकार गठन हुनुपर्ने माग राखेका छन् । मुख्य प्रतिपक्षी दल बंग्लादेश राष्ट्रिय दल(बीएनपी) ले हसिनाले राजीनामा नदिए चुनावमा सहभागी नहुनेसमेत चेतावनी दिएको छ । बीएनपीका शीर्ष नेता कि त जेलमा छन् कि त निर्वासनमा ।

बंगलादेश अवामी लिगकी अध्यक्षसमेत रहेकी हसिना १५ वर्षदेखि बंगलादेशको सरकारको नेतृत्व गरिरहेकी छिन् । उनलाई प्रतिपक्षी दलमाथि धरपकड गरेको तानाशाही सरकार चलाएको समेत आरोप लाग्दै आएको छ । हसिनाको मुख्य प्रतिद्वन्द्वीका रूपमा रहेकी र दुई पटक प्रधानमन्त्री बेगम खालिदा जियालाई नजरबन्दमा राखिएको छ । बीएनपीले २०१४ को चुनाव बहिष्कार गरे पनि २०१८ मा भने सहभागी भएको थियो ।

इस्लामिक आन्दोलन बंग्लादेश(आईएबी) ले पनि चुनाव बहिष्कार गर्न सक्ने चेतावनी दिँदै आएको छ । समाचार संस्था एएफपीका अनुसार आईएबीका हजारौँ समर्थकले बुधबार निर्वाचन आयोग कार्यालयअगाडि प्रदर्शन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार