spot_img
आइतबार, जेष्ठ ६, २०८१
आइतबार, जेष्ठ ६, २०८१
- Advertisement -spot_imgspot_img
बिशेष खबरहिसान शैक्षिक मेलामा हस्तक्षेप नगर्न उच्च अदालतको आदेश

हिसान शैक्षिक मेलामा हस्तक्षेप नगर्न उच्च अदालतको आदेश

६ असार, काठमाडौं । उच्च अदालत, पाटनले हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ ।

काठमाडौं महानगरपालिकाले मेला बन्द गराएपछि उच्च माध्यमिक विद्यालय एशोसिएसन (हिसान) त्यसविरुद्ध अदालत गएको थियो ।

- Advertisement -

न्यायाधीश टेकप्रसाद ढुंगाना र रमेश ढकालको इजलासले हिसानको पक्षमा अन्तरिम आदेश दिएको उच्च अदालत पाटनकी प्रवक्ता मन्दिरा शाहीले जानकारी दिइन् । उच्च अदालतले संघीय सरकारबाट अनुमति लिइसकेको कार्यक्रमका लागि स्थानीय तहको अनुमति नचाहिने भएकाले मेला नरोक्न अन्तरिम आदेश दिएको हो ।

३२ जेठदेखि भृकुटीमण्डपमा सुरु भएको शैक्षिक मेलामा ७५ वटा शैक्षिक संस्थाले स्टल राखेका थिए । तर काठमाडौं महानगरको नगर प्रहरीले स्वीकृति विपरीत मेला सञ्चालन गरेको भन्दै पहिलो दिन नै बन्द गराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार