spot_img
आइतबार, जेष्ठ ६, २०८१
आइतबार, जेष्ठ ६, २०८१
- Advertisement -spot_imgspot_img
समाचारअन्तर्राष्ट्रियइजरायल र हमास समूहको युद्धका चुनौतीविरुद्ध एकजुट हुन भारतीय...

इजरायल र हमास समूहको युद्धका चुनौतीविरुद्ध एकजुट हुन भारतीय प्रधानमन्त्री मोदीको आग्रह

एजेन्सी

- Advertisement -

मंशिर २ , काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इजरायल र हमास समूहबीच भइरहेको युद्धका कारण बढ्दो चुनौतीको सामना गर्नका लागि एकजुट हुन विकासशील देशका नेताहरूलाई आग्रह गर्नुभएको छ ।

एक सयभन्दा धेरै देशको भर्चुअल सम्मेलनमा उहाँले यो समय ग्लोबल साउथ देशहरु बृहत्तर विश्वव्यापी हितका लागि एकजुट हुनुपर्नेमा जोड दिनुभयो । गएको सेप्टेम्बर २० तारिखमा शीर्ष विश्व अर्थतन्त्र समूहको बैठकका क्रममा गरिएका निर्णयको पालना गर्न भ्वाइस अफ ग्लोबल साउथ शिखर सम्मेलन बोलाइएको हो ।

- Advertisement -

संसाधन दक्षता, गरिबी न्यूनीकरण र खाद्य सुरक्षासहित विकासशील देशहरुका लागि महत्त्वपूर्ण मुद्दामा जोड दिँदै मोदीले जलवायु वित्त, विकासशील देशहरुको कर्जा बोझ र दिगो विकासका लागि शिखर सम्मेलनको बन्द सत्रमा छलफल गरिने विषय रहेको बताउनुभयो ।

गएको अक्टोबर ७ तारिखमा इजरायलमा भएको आक्रमणको भारतले निन्दा गर्दै आएको छ । संवाद र कुटनीतिमा जोड दिएको भारतले दुई पक्षबीचको सङ्घर्षमा नागरिकले ज्यान गुमाएका भन्दै भर्त्सना पनि गरेको भारतीय विदेश मन्त्रालयलाई उद्धृत गरी समाचार संस्था एपीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार