spot_img
मङ्लबार, बैशाख ३०, २०८२
मङ्लबार, बैशाख ३०, २०८२
- Advertisement -spot_imgspot_img
समाचारकक्षा १२ को परीक्षा शान्तिपूर्वक सञ्चालन हुने वातावरण मिलाउन...

कक्षा १२ को परीक्षा शान्तिपूर्वक सञ्चालन हुने वातावरण मिलाउन राष्ट्रिय मानव अधिकार आयोगको अनुरोध

२०८२ बैशाख ८ काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारलाई शैक्षिक प्रक्रिया प्रभावित नहुन र विद्यार्थीहरूको शिक्षा अधिकारमा अवरोध उत्पन्न नहुन अनुरोध गरेको छ।

आयोगले २०८२ वैशाख ११ गते देखि कक्षा १२ को परीक्षा कार्यक्रम प्रकाशित भईसकेको र एसईई परीक्षाका उत्तरपुस्तिका परीक्षण र विद्यालय भर्ना कार्यक्रम शुरू नहुनु, साथै शिक्षक महासङ्घको मागको समाधान नहुँदा सामुदायिक विद्यालयका करिब ५५ लाख विद्यार्थीहरूको शिक्षा प्राप्त गर्ने अधिकार हनन् भएको जनाएका छन्।

- Advertisement -

यसै सन्दर्भमा, आयोगले नेपाल सरकारलाई वैशाख ७ गते पत्राचार गर्दै नेपालको संविधानको धारा ३१ र ३९ अन्तर्गत बालबालिकाको मौलिक हकको संरक्षण गर्दै आन्दोलनरत शिक्षक महासङ्घसँग विगतमा भएका सम्झौताहरू कार्यान्वयन गर्न र कक्षा १२ को परीक्षा शान्तिपूर्वक सञ्चालन हुने वातावरण मिलाउन अनुरोध गरेको छ।

आयोगले भनेको छ कि यदि समयमै समस्याको समाधान नभएमा लाखौं विद्यार्थीहरूको मानसिक स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने, शिक्षाको अधिकारमा अवरोध हुनसक्ने र समग्र शैक्षिक क्यालेण्डर प्रभावित हुनसक्ने जोखिम रहेको छ। यसैले आयोगले नेपाल शिक्षक महासङ्घ र नेपाल सरकारसँग पुनः अनुरोध गर्दछ कि वार्ताको माध्यमबाट समस्याको समाधान गरि शान्तिपूर्ण वातावरणमा परीक्षा सञ्चालनको सुनिश्चितता मिलाइ शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन ध्यानाकर्षण गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार