spot_img
मङ्लबार, बैशाख ३०, २०८२
मङ्लबार, बैशाख ३०, २०८२
- Advertisement -spot_imgspot_img
समाचारजनमत पार्टीका निलम्बित कोषाध्यक्ष यादवको पक्राउ षड्यन्त्रको हिस्सा भएको...

जनमत पार्टीका निलम्बित कोषाध्यक्ष यादवको पक्राउ षड्यन्त्रको हिस्सा भएको दाबी निष्पक्ष छानबिनको माग

२०८१ बैशाख ०८ जनकपुरधाम : जनमत पार्टीका निलम्बित कोषाध्यक्ष ई. सुरेन्द्र नारायण यादवको पक्राउ प्रती जनमत पार्टीका पूर्व राष्ट्रिय उपाध्यक्ष एवं अनुशासन विभाग प्रमुख ई. दीपक कुमार साहले गम्भीर आपत्ति जनाउँदै पार्टीभित्र देखिएको शक्ति संघर्ष, आर्थिक अनियमितता र षड्यन्त्रको निष्पक्ष छानबिनको माग गरेका छन्।

प्रेस विज्ञप्ति जारी गर्दै उनले पार्टी अध्यक्ष डा. सी.के. राउत नेतृत्वमा पारदर्शिता र आन्तरिक लोकतन्त्रको अभाव देखिएको आरोप लगाएका छन्। उनका अनुसार, यादवमाथि गरिएको कारवाही योजनाबद्ध षड्यन्त्रको परिणाम हो।

- Advertisement -

विज्ञप्तिमा उल्लेख गरिएअनुसार, मधेस आश्रम निर्माणका लागि डा. सि के राउतको सचिवालयबाट आह्वान गरिएको आर्थिक सहयोगमा कुनै प्रतिक्रिया नआएपछि ई. सुरेन्द्र यादव र बंसन्त कुशवाहाले आफ्नै व्यक्तिगत खर्चमा जनकपुरको घर निर्माण गरेका थिए। ई. दीपक साह स्वयं पनि त्यस निर्माण प्रक्रियामा संलग्न रहेको दाबी गरिएको छ।

कतारमा स्वतन्त्र मधेश गठबन्धनको समयमा यादवले पेशागत अवसर त्यागेर ठूलो संगठन खडा गरेको र डा. राउतप्रति निष्ठा राख्दै निरन्तर साथ दिएको समेत प्रेस विज्ञप्तिमा उल्लेख छ।

- Advertisement -

सप्तरी क्षेत्र नं. १ बाट यादवलाई उम्मेदवार नबनाई डा. सि के राउतले आफ्नै दाजुलाई टिकट दिइएकोप्रति आपत्ति जनाउँदै साहले यसलाई संगठन विग्रिने प्रमुख कारणका रूपमा चिनाएका छन्। त्यस्तै, समानुपातिक सूचीमा समावेश गराउन ५० लाख रुपैयाँ मागिएको दाबी गर्दै उनले यो व्यवहारलाई अपारदर्शी र दुःखद भनेका छन्।

“मधेश लोट चले” भन्ने नारा दिएर सांसद बनेपछि इमाडोलमा भव्य घर तथा छुट्टै पार्किङ्गका लागि खरिद गरिएको जग्गामा भ्रष्टाचारको गम्भीर आशंका गरिएको छ। यस्तै, सप्तरीको महादेवामा पार्टीको नाममा बनाइएको घरको स्रोतबारे पनि छानबिनको माग गरिएको छ।

साहले मधेश प्रदेशमा चर्चित साईकल काण्डमा संलग्न एक व्यक्तिको नाममा पार्टीको गाडी खरिद गरिएको आरोप पनि लगाएका छन्। कोषाध्यक्षको नाममा कुनै बैंक खाता नखोली आर्थिक कारोबार गरिएको, काठमाडौंमा पार्टी कार्यालयको अभावका कारण होटलमा अस्थायी रुपमा संचालन गरिएको र विभिन्न व्यक्तिहरूको नाममा संकलन गरिएको आर्थिक सहयोग निजी प्रयोजनमा प्रयोग गरिएको दाबी गरिएको छ।

यी सम्पूर्ण घटनाले ई. सुरेन्द्र यादवको समातिनु योजनाबद्ध षड्यन्त्र भएको स्पष्ट संकेत गर्दै साहले स्वतन्त्र र निष्पक्ष छानबिनको माग गरेका छन्। साथै, पार्टीभित्र पारदर्शिता, जवाफदेहिता र आन्तरिक लोकतन्त्रको प्रत्याभूति हुनु अत्यावश्यक रहेको उनको जोड छ।

- Advertisement -

जनमत पार्टीका निलम्बित केन्द्रिय कोषाध्यक्ष यादवलाई हिजो प्रहरीले सप्तरीको राजविराजबाट पक्राउ  गरेको थियो । उनीबिरुद्ध  ठगी र आपराधिक विश्वासघात बिरुद्धको जाहेरी दर्ता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार