spot_img
मङ्लबार, बैशाख ३०, २०८२
मङ्लबार, बैशाख ३०, २०८२
- Advertisement -spot_imgspot_img
समाचारधनुषामा तीन सन्तानसहित विष सेवन: दुई छोरी, एक छोराको...

धनुषामा तीन सन्तानसहित विष सेवन: दुई छोरी, एक छोराको मृत्यु, महिला गम्भीर अवस्थामा

२०८२ बैशाख ०९ जनकपुरधाम : धनुषा जिल्लाको सहिद नगरपालिका वडा नम्बर ५, बासुदेवपट्टिमा सोमबार एक दर्दनाक घटना घटेको छ। एक महिलाले आफ्ना दुई छोरी र एक छोरासहित विष सेवन गरेकी छिन्।

विष सेवन गर्ने महिला वडा सदस्य नारायण साहका बुहारी हुन्। ती महिला गर्भवती रहेको समेत जानकारी प्राप्त भएको छ।

- Advertisement -

वडा अध्यक्ष सुरेश कुमार कापरले घटनाबारे जानकारी दिँदै राति नै ती महिलाका दुई छोरी र एक छोराको मृत्यु भइसकेको पुष्टि गर्नुभयो। महिलालाई भने जिउँदै अवस्थामा उपचारका लागि प्रादेशिक अस्पताल, जनकपुरधाम लगिएको थियो।

प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई जनकपुरको राम जानकी हस्पिटलमा उपचार भैरहेको छ। अस्पताल स्रोतका अनुसार महिलाको गर्भमा रहेको बच्चा करिब नौ महिनाको रहेकाले शल्यक्रिया (Surgery ) गरेर निकालिएको छ र नवजात शिशु र आमाको उपचार भइरहेको छ।

- Advertisement -

गम्भीर अवस्था रहेकोले भेन्टिलेटरमा राखिएको जनाइएको छ। घटनाको कारण हालसम्म खुल्न नसकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार