spot_img
आइतबार, बैशाख ७, २०८२
आइतबार, बैशाख ७, २०८२
- Advertisement -spot_imgspot_img
समाचारत्रिविबारे गम्भीर निर्णय लिने बेला आयो : प्रधानमन्त्री प्रचण्ड

त्रिविबारे गम्भीर निर्णय लिने बेला आयो : प्रधानमन्त्री प्रचण्ड

२ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयसँग जोडिएका विषयमा गम्भीरतापूर्वक छलफल गर्ने र निर्णय लिने बेला आएको बताएका छन् ।

- Advertisement -

सोमबार आयोजित त्रिविको ४९औं दीक्षान्त समारोहमा प्रधानमन्त्री प्रचण्डले त्रिविमा प्राज्ञिक, प्रशासनिक, व्यवस्थापकीय सुधारका लागि महत्वपूर्ण प्रयास भएपनि पर्याप्त नभएको बताए ।

‘आंशिक सुधारका प्रयासले भूमण्डलीकृत विश्व र प्रतिस्पर्धाका चुनौतीहरू सम्बोधन गर्न सकिँदैन’ गुणात्मक सुधारको इच्छाशक्ति र सङ्कल्प चाहिने भन्दै उनले भने, ‘यस दिशामा विश्वविद्यालय परिवारले थप मिहिनेत गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’

- Advertisement -

आफ्ना विद्यार्थीहरूलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी अब्बल प्रमाणित गर्नु त्रिविको चुनौती भएको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘२१औं शताब्दीको भूमण्डलीकृत विश्वमा विश्वस्तरीय जनशक्ति उत्पादनको प्रतिस्पर्धामा त्रिविले झेलिरहेको समस्या र नागरिकको अपेक्षाबीच असमञ्जस्यको धरातलीय यथार्थता मैले महसुस गरेको छु ।’

भूमण्डलीकृत विश्वको दवाव तत्कालका निम्ति काबुबाहिर देखिएको उनले बताए । उनले प्रश्न गरे, ‘तर विश्वबजारका निम्ति प्रतिस्पर्धी जनशक्ति उत्पादनमा हामी कहाँ चुक्यौँ ? विगतमा विश्वविद्यालयहरूले आर्जन गरेको बलियो जनविश्वास र भरोसा किन कमजोर हुँदै गयो ?

विश्वविद्यालयहरूमा क्रियाशील प्राज्ञहरूको भूमिका किन गुरूत्वपूर्ण हुन सकिरहेको छैन ? विश्वविद्यालयहरूमा शैक्षिक क्यालेण्डर लागू हुन नसक्नु, बेलाबेला पठनपाठनमा गत्यावरोध आइरहनुमा को दोषी छ ?’

- Advertisement -

एकातिर विश्वविद्यालयहरूमा राजनीतिक भागबण्डा हुनुहुँदैन, अर्कातिर आफै राजनीतिक भागबण्डा र दाउपेचका निम्ति दौडिने पनि गरेको पनि उनले बताए । ‘यस्ता चुनौती र प्रश्नहरूबारे पनि हामीले गम्भीरतापूर्वक छलफल गर्ने र निर्णय लिने बेला आएको छ’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।

विश्वविद्यालयहरूको रूपान्तरण गर्न सरकार र राजनीतिक नेतृत्वको महत्त्वपूर्ण भूमिका रहने भन्दै उनले त्रिविको स्तरवृद्धिमा सहयोगका निम्ति सरकार सधै तत्पर रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार