spot_img
बिहिबार, जेष्ठ १७, २०८१
बिहिबार, जेष्ठ १७, २०८१
- Advertisement -spot_imgspot_img
समाचारधनुषाको हँसपुर नगरपालिकामा प्रहरीकाे कुटाइबाट मंडलकाे मृत्यु , ...

धनुषाको हँसपुर नगरपालिकामा प्रहरीकाे कुटाइबाट मंडलकाे मृत्यु , प्रहरी र स्थानीयको झडपमा तिनजना घाइते

पुष ६, जनकपुरधाम : धनुषाका हँसपुर नगरपालिका  वडा नं. ५ सुगा निकास स्थित ईलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानिय र प्रहरी बिचको झडपमा तिनजना घाइते भएका छन् ।

- Advertisement -

एक स्थानियको प्रहरी कुटाईबाट निधन भएपछि आक्रोसित स्थानियको भिड प्रहरी चौकी घेराउ गर्न पुगेपछि प्रहरीले आत्मरक्षाका लागि हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषा भनाइ छ ।

सो क्रममा प्रहरीको गोली लागेर एकजना सहित झडपमा तिनजना घाइते भएको स्थानियले बताए । स्थानिय दिपा मण्डललाई विवादको घटनामा पक्राउ  गरि ईलाका प्रहरी कार्यालयमा लगिएका बेला प्रहरी सई तुलानन्द ठाकुरको कुटाईबाट मण्डलको संवेदनशिल अंगमा चोट लागे पछि  निधन भएको स्थानियको आरोप छ ।

- Advertisement -

मण्डलको निधन भएपछि आक्रोसित स्थानियहरु शुक्रवार बिहानै प्रहरी चौकी घेराउ गर्न पुगेको बताइएको छ । घटना स्थल तनाव ग्रस्त रहेको र प्रहरी नायब उपरिक्षक नेतृत्वको टोली घटना स्थल पुगेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार