विनोद महरा
भदौ१७, धनुषा : दलित आमा छोरालाई लोसपाका नेता रामचन्द्र जयसवाल भट्ठीबालाद्वारा ज्यान मार्ने प्रयास गरेको छ । सबैला नगरपालिका वडा नं. ३ मा घर भएकी ५४ वर्षीया कौसिलया देवी दास र नीजको छोरा २१ वर्षीय भरोषी दासलाई निर्घात कुटपिट गरि हो ।
भदौ १५ गते राती ९ वजेको समयमा जयसवालको दारु भट्ठीमा काम गर्ने श्याम यादव, विन्दी यादव, जोगिन्द्र दास लगायत ७/८ जनाको समुहले रामचन्द्र जयसवालको नेतृत्वमा साँघातिक आक्रमण गरिएको पिडित पक्षले बताएका छन् ।
मिटर व्याजी जयसवालसँग छोरीको विवाह गर्न ५ लाख ऋण कर्जा लिएकोमा दुइ वर्षमा ५ लाख फिर्ता गरे पनि विपक्षी जयसवालले पुन ७ लाखको तमसुक बनाएको पिडितले बताइन । सोही कर्जा तिर्न हाल बसेको घरेरी बेचेर ऋण पनि तिर्ने सबैलामै अर्को ठाउँमा सस्तोबाला जग्गा खरिद गरि घर बनाएर बस्ने योजनामा रहेको कौसिलया देवीलाई सो जग्गा आफुलाई ऋणको वापत दिन केही दिन देखि जयसवालले दवाव दिइरहेको थियो । उसलाई सो जग्गा दिन तयार छैन कौसिलया आमा छोरा । सोही विषयमा कौसिलयाको छोरा भरोषीलाई सबैला बजारमा जयसवालसँग भनाभन भएको थियो ।
जयसवालको योजनामा आफ्नै दारु भट्ठीमा काम गर्ने श्याम यादव, विन्दी यादव, जोगिन्द्र दास र अन्य तीन जना समेत गरि ७/८ जनाको समुहले कौसिलयाको छोरा भरोषी दासलाई घरबाट तानेर सडकमा लगि निर्घाट कुटपिट गरिरहदा मुख र नाकबाट रगत बगेर बेहोस भएको अवस्थामा छोरा बचाउन पुगेकी कौसिलयालाई दारु भट्ठीबाला जयसवालले लात खुट्टाले तल्लो पेट पेरुमा प्रहार गर्दा कौसिलयाको यौनीबाट बल्ल बलि रगत बगेर बहोस भएको अवस्थामा गाउसमाजका मानिसहरुले प्रहरीलाई खवर गरेका थिए ।
प्रहरीहरु पनि बोलबाला जयसवालकै पक्षमा खडा भयो तर जव दुवै आमा छोरा रगतले लतपत भएको देखेर प्रहरीले उपचारको लागि पठाएका थिए । सवैलाको सरकारी अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि गोल्डेन होस्पिटल जनकपुरमा उपचार भइरहेको पिडित पक्षले जनाएको छ । गरिव दलित समुदायको भरोषी दास बैदेशिक रोजगारीको लागि तयारमा छन तर विपक्षीले निधार, टाउको र छातीमा हात मुक्का र खुट्टाले प्रहार गर्दा धेरै नै रगत बगेको छ । छाती धेरै नै दुखेको पिडितले बताए । कौसिलया र नीजको छोरीको बलाउज समेत च्याती दिएकोले अभद्र व्यवहार समेत गरेको स्थानीयबासीहरुले बताए ।
जयसवालले नेतृत्व गरेको टिमले दलित परिवारमाथि आक्रमण गर्दा कौसिलयाको कानमा लगाएको चार अनाको सुन, छोरी जिवछी कुमारीको चार अनाको मंगल सुत र कानमा लगाएको चार अना सुन गरि जम्मा बार अना सुन र छोराको हातमा रहेको रेडमी मोबाइल समेत खोसिएको पिडित पक्षको दावी रहेको छ । घटनाको तीन दिन वितिसक्दा पनि पाच सय मिटर दुरीमा रहेको इलाका प्रहरी कार्यालयले बेखर छन । कसरी गरिव,दलित, महिला र सिमान्तकृत समुदायलाई समाजमा न्याय पाउछ । रक्षा गर्ने सुरक्षाकर्मी नै पिडकको पक्षमा लागेपछि पिडितले कसरी न्याय पाउँछ । आरोपितहरु खुल्लायाम घुमिरहेको छ । प्रहरी मुखदर्शक बनेका छन् ।