spot_img
आइतबार, बैशाख ७, २०८२
आइतबार, बैशाख ७, २०८२
- Advertisement -spot_imgspot_img
समाचारश्रोत नखुलेको साढे २० लाख ...

श्रोत नखुलेको साढे २० लाख रूपैया सहित १ जना मानिस पक्राउ

भदौ २२, जनकपुरधाम : जनकपुरबाट स्रोत नखुलेको साढे २० लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला दरभंगा थाना सिंहवाडा गाँउ लहेरिया सराय बस्ने २० वर्षीय राजेश साह छन् ।

- Advertisement -

उनलाई शुक्रबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका ४ स्थित सडकबाट गोप्य सूचनमको आधारमा रकमसहित नियन्त्रणमा लिएको धनुषाकम प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

उनले आफ्नो पिठ्युमा बोकेको कालो रंगको झोला भित्रबाट नेपाली रकम १ हजार दरको नोट १ हजार ८५० थान र ५ पाँच सय दरको नोट ४ सय थान गरी २० लाख ५० हजार रुपैयाँ बरामद गरिएको प्रवक्ता गौतमले बताए ।

- Advertisement -

बरामद गरिएको रकमसहित युवकलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार