spot_img
आइतबार, बैशाख २, २०८१
आइतबार, बैशाख २, २०८१
- Advertisement -spot_imgspot_img
समाचारसर्लाहीबाट चोरी भएको बहुमुल्य मुर्तीसहित एकजना पक्राउ

सर्लाहीबाट चोरी भएको बहुमुल्य मुर्तीसहित एकजना पक्राउ

१५ चैत्र , सर्लाही ।

मन्दिरबाट चोरी भएको बहुमुल्य मुर्तीसहित सर्लाहीबाट एकजना पक्राउ परेका छन् ।
सर्लाही जिल्लाको हरिवन नगरपालिकाको सुखेपोखरी स्थित चतुर्भूजेश्वर महादेव मन्दिरबाट चोरी भएको मुर्तीहरु सहित चोरीमा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेको प्रहरीले जनाएका छन् ।

- Advertisement -

पक्राउ पर्नेमा हरिवन–११ का २० वर्षीय जितेन्द्र बैठा धोवी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । धोवीलाई ईलाका प्रहरी कार्यालय बरहथवाको टोलीले बरहथवा बजारबाट पक्राउ गरेको हो ।
गत आईतबार बिहान करिब दुईबजे मन्दिरबाट गणेश, दुर्गा, विष्णु, सुर्य, कुमार, गंगा माताका मुर्ती सहित मन्दिरको घण्टी र पुजा आरतीका थालीहरु चोरी भएको थियो ।

पक्राउ परेका धोवीलाई ईलाका प्रहरी कार्यालय हरिवनको हिरासतमा राखि थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार