spot_img
शनिबार, बैशाख ६, २०८२
शनिबार, बैशाख ६, २०८२
- Advertisement -spot_imgspot_img
आर्थिकविजनेशदैनिक औसत पाँच घण्टा मोबाइलमा: कुन एपको प्रयोग बढ्यो

दैनिक औसत पाँच घण्टा मोबाइलमा: कुन एपको प्रयोग बढ्यो

BBC, सन् २०२० मा यूकेको नियामक निकाय अफकमले टीभी हेर्नेसहित जोडेर गरेको अध्ययनमा पनि यस्तै निष्कर्ष निकालेको थियो।

एप एनीको प्रतिवेदनमा सन् २०२१ मा विश्वभरि मोबाइल फोनमा कुल दुई खर्ब ३० अर्ब पटक एपहरू डाउनलोड गरिएको र एक खर्ब ७० अर्ब अमेरिकी डलर खर्च गरिएको जनाइएको छ।

- Advertisement -

टिकटक विश्वमा सबैभन्दा बढी डाउनलोड गरिएको एप थियो जसमा सन् २०२० को तुलनामा प्रयोगकर्ताहरूले ९० प्रतिशत बढी समय बिताए।

“ठूलो स्क्रीन बिस्तारै हराउँदै छ किनकि मोबाइलमा मानिसले दिने समय, गर्ने डाउनलोड र खर्च लगातार बढिरहेको छ,” एप एनीका प्रमुख कार्यकारी थियोडर क्रान्जले भने।

- Advertisement -

सन् २०२२ को उत्तरार्द्धमा टिकटकको मासिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या एक अर्ब ५० करोड पुग्ने आकलन गरिएको छ।

मोबाइलका एपमा बिताइएको औसत समय चार घण्टा ४८ मिनेट थियो जुन सन् २०१९ को तुलनामा ३० प्रतिशतले बढी भएको एप एनीको ‘स्टेट अफ मोबाइल’ प्रतिवेदनमा जनाइएको छ।

भारत, टर्की, अमेरिका, जापान, मेक्सिको, सिङ्गापुर र क्यानडासहित विश्वका १० प्रमुख देशहरूको तथ्याङ्कको आधारमा प्रतिवेदन निकालिएको हो।

ब्रजिल, इन्डोनेशिया र दक्षिण कोरियामा भने मोबाइल प्रयोगको दैनिक औसत समय पाँच घण्टाभन्दा माथि छ।

- Advertisement -
दैनिक औसत पाँच घण्टा मोबाइलमा: कुन एपको प्रयोग बढ्यो

ती समयमध्ये प्रतिघण्टा ४२ मिनेट सामाजिक सञ्जाल‍- सोसल मिडिया, भिडिओ वा तस्बिर सम्बन्धी एपमा बिताइएको छ।

विज्ञापनको खर्च

मोबाइलको आर्थिक प्रणाली स्वस्थ्य देखिएको छ।

सन् २०२१ मा २० लाख नयाँ एप र गेम थपिए भने वार्षिक एक करोड डलरभन्दा बढी कमाउने एपको सङ्ख्या २० प्रतिशतले बढ्यो।

भिडिओ स्ट्रिमिङ एपमध्ये ६० देशमा १० लाखभन्दा बढी डाउनलोड भएको यूट्यूब सबैभन्दा लोकप्रिय रह्यो भने नेटफ्लिक्स दोस्रो स्थानमा रह्यो।

मोबाइल गेममा मानिसहरूले एक खर्ब १६ अर्ब डलर खर्च गरेका छन्।

केही प्रयोगकर्ताहरूले एपमा देखिने विज्ञापन अत्यधिक भएको बताउने गरेका छन्। गत वर्ष विश्वभरि मोबाइल एप विज्ञापनमा झन्डै तीन अर्ब अमेरिकी डलर खर्च गरिएको छ।

स्वस्थ रहन सहयोगी एप

दैनिक औसत पाँच घण्टा मोबाइलमा: कुन एपको प्रयोग बढ्यो

गत वर्षको मोबाइल फोन तथ्याङ्कले विश्वमा भइरहेको घटनाक्रमलाई पनि प्रतिनिधित्व गर्छ।

जस्तो कि मानिसहरूले किनमेल गर्ने एपमा धेरै समय बिताए। त्यसैगरी खानेकुरासम्बन्धी एप पनि लोकप्रिय बने। ती एपहरू अघिल्लो वर्षभन्दा ५० प्रतिशत बढी पटक खोलियो।

स्वास्थ्यसम्बन्धी एपहरूको प्रयोग पनि बढेको देखिएको छ।

महामारीका कारण मानिसहरूले व्यायाम घरहरू जान नसकेपछि आफै व्यायाम गर्न यस्ता एप डाउनलोड गरेका हुन्।

मानसिक स्वास्थ्यबारे फैलिएको जनचेतनाका कारण हेडस्पेस र काम जस्ता एपहरू लोकप्रिय बने। मानसिक स्वास्थ्यसम्बन्धी प्रमुख पाँच एपहरूको डाउनलोड सन् २०२१ मा २७ प्रतिशतले बढ्यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार