spot_img
आइतबार, कार्तिक १८, २०८१
आइतबार, कार्तिक १८, २०८१
- Advertisement -spot_imgspot_img
आर्थिकविजनेशसाढे ४६ अङ्कले घटेर शेयर बजार राताम्मे, २ अर्ब...

साढे ४६ अङ्कले घटेर शेयर बजार राताम्मे, २ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार

messenger sharing button

२२ चैत , काठमाडौं ।
केही दिन यता लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से मंगलबार पनि घटेको छ । आज नेप्से सूचक थप ४६.४६ अंकले घट्दै २४ सय ५२.०६ अंकमा झरेको हो ।

यस दिन होटल तथा पर्यटन समूहको उपसूचक बाहेक अन्य सबै सूचकहरु ऋणात्मक (नेगेटिभ) भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार आज यस समूहको उपसूचक ०.५ प्रतिशतले मात्र बढेको छ ।

अन्यमा सबैभन्दा बढी आदर्श समूहको सूचक आज अधिकतम ३.६६ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूहको २.९१ प्रतिशतले र फाइनान्स समूहको २.७२ अंकले घटेको छ ।

यस्तै हाइड्रोपावर समूहको सूचक २.१ प्रतिशतले घटेको आज ट्रेड र बैंकिङ समूहको क्रमशः १.८६ प्रतिशत र १.१५ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

- Advertisement -

यस दिन दुई वटा लघुवित्त कम्पनी नेष्ठो र राष्ट्रिय उत्थानको सेयर मूल्यमा सर्किट लागेको छ भने यता इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्य १० प्रतिशतले नै गुमेको छ । ४६ अंकमाथिले घटेको बजारमा आज २ अर्ब ६७ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार