spot_img
बिहिबार, साउन १०, २०८१
बिहिबार, साउन १०, २०८१
- Advertisement -spot_imgspot_img
आर्थिकविजनेशविश्व बैंकले नेपाललाई वित्तीय क्षेत्रको हरित र समावेशी विकासका...

विश्व बैंकले नेपाललाई वित्तीय क्षेत्रको हरित र समावेशी विकासका लागि १८ अर्ब १५ करोड रुपैयाँ उपलब्ध गराउने

काठमाण्डौ – विश्व बैंकले नेपालको वित्तीय क्षेत्रको हरित, लचिलो र समावेशी विकासका लागि १८ अर्ब १५ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको हरित, लचिलो र समावेशी विकासमा सहयोग गर्न तथा क्षेत्रको स्थायित्व सुदृढ, वित्तीय समाधानमा विविधता ल्याउन र वित्तीय सेवाहरूमा पहुँच बढाउन ऋणस्वरूप त्यो रकम उपलब्ध गराउने निर्णय शुक्रवार गरेको हो ।
व्यक्तिगत लगानीको परिचालन र आर्थिक गतिविधि सञ्चालनका लागि राम्रोसँग काम गर्ने वित्तीय प्रणाली मुख्य सक्षमता भएको बताउँदै माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोसले वित्तीय क्षेत्रलाई बलियो बनाएर, यो परियोजनाले नेपालको हरित, लचिलो र समावेशी पुनरुत्थान र आर्थिक वृद्धिको मार्गमा योगदान पु¥याउने तथा विशेष गरी गरिब र जोखिममा परेकाहरूलाई फाइदा पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाल सरकारको रूपान्तरणकारी वित्तीय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन, कोभिड–१९ महामारीको प्रभावको सन्दर्भमा वित्तीय स्थायित्वका जोखिमलाई सम्बोधन गन, निजी क्षेत्रको नेतृत्वमा भएको वृद्धिमा टेवा पु¥याउन, बैंकिङ क्षेत्रको पर्यवेक्षणलाई बढावा दिन तथा वित्तीय साक्षरताको माध्यमबाट तरलता र समावेशिता बढाउने प्रयासमा ऋण सहयोग उपयोगी हुने बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार