मिथिलाञ्चल टाइम्स डेस्क
चैत ०९, जनकपुरधाम । जनतन्त्रिक तराई मुक्ति मोर्चा ( राजन मुक्ति) समुह नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) मा समाहित भएको छ ।
धनुषा जिल्ला समन्वय समिति धनुषाले लक्ष्मीनिया गाउँपालिका को वडा नम्बर ७ कुमरौडामा बिहिवार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उक्त समुहका सम्पुर्ण सदस्य नेकपा माओवादी केन्द्रमा समाहित भएको छ ।
उक्त पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि नेकपा ( माओवादी केन्द्र ) का उप-महासचिव मातृका प्रसाद यादबको प्रमुख अतिथित्वमा आयोजना गरिएको उक्त पार्टी प्रवेश कार्यक्रममा जनतन्त्रिक तराई मुक्ति मोर्चा ( राजन मुक्ति) समुहका सम्पुर्ण सदस्य सहित नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ ।
सुरेश यादबको अध्यक्षतामा गरिएको कार्यक्रममा जिल्ला संयोजक दिपक यादव पुर्ब प्रदेश कमिटी सदस्य देब सागर दास, मधेस प्रदेश सभा सदस्य शारदा पहाडी दास , योङ्ग कम्युनिस्ट लिग नेपालका मधेस प्रदेशको सह संयोजक तथा धनुषा जिल्ला ईन्चार्ज सरोज यादव ,धनुषा जिल्ला कार्यालय सचीव श्रीनारायण प्रतिहत ,सुर्य नारायण मण्डल , लगायत माओवादी केन्द्रका नेता तथा कार्यक्रताहरुको उपस्थित रहेको थियो ।
राजन मुक्तिको समर्थन तथा स्वीकृती तथा बि.एन. झाको नेतृत्वमा जनतान्त्रिक तराई मुक्ति मोर्चा ( राजन मुक्ति ) केन्द्रिय सदस्य केन्द्र सदस्य अर्जुन भुजेल , दिपक यादव, को नेतृत्वमा १०० औ को संख्याम नेता तथा कार्यक्रताहरु तराई मुक्ति मोर्चा प्ररित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ ।
कार्यक्रमको संचालन अशोक यादवले गरेको थियो भन्ने स्वागत मन्तव्य जिल्ला संयोजक दिपक यादव , मधेस प्रदेश सभा सदस्य शारदा पहाडी दास, YCl का केन्द्रिय सदस्य, मधेस प्रदेशको सह संयोजक तथा धनुषा जिल्ला इन्चार्ज सरोज यादव, दिपक पटेल गरेको थियो ।
