spot_img
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१
- Advertisement -spot_imgspot_img
समाचारराराब क्याम्पसमा ३७ प्रतिशत मात्र मतदान

राराब क्याम्पसमा ३७ प्रतिशत मात्र मतदान

चैत ५ , जनकपुरधाम । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा ३७ प्रतिशत मात्र मतदान भएको छ ।

- Advertisement -

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वका चयनका लागि आइतबार बिहान ८ बजेदेखि अपराहन्न ४ बजेसम्म मतदान भएको हो ।

राराब क्याम्पसमा जम्मा ७ हजार २१५ विद्यार्थी मतदाता रहेकोमा २ हजार ६६२ जनाले मात्रै मतदान गरेका हुन् । कुल मतदाताको ३६ दशमलव ८९ प्रतिशत मतदान भएको निर्वाचन समितिले जनाएको छ ।

- Advertisement -

राराब क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमितिका लागि सभापतिमा ६ जनासहित कुल ८८ जनाले उम्मेदवारी दिएका छन् ।

कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको तर्फबाट मनिषकुमार यादव, पाँच दलीय संयुक्त विद्यार्थी गठबन्धनको तर्फबाट गौतम यादव र लोकतान्त्रिक समाजवादी पार्टी निकट लोकतान्त्रिक विद्यार्थी संघको तर्फबाट प्रशान्त झा सभापतिका उम्मेदवार छन् ।

गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा), एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपा निकटका विद्यार्थी संगठनहरू रहेका छन् ।

- Advertisement -

त्यस्तै, जनमत पार्टी निकट विद्यार्थी जनमत संघको तर्फबाट इजाज मोमिन, स्वतन्त्र विद्यार्थी समूहबाट कन्हैयाकुमार पासवान र राष्ट्रिय विद्यार्थी परिषद्बाट अशोक   साह सभापतिका उम्मेदवार छन् ।

राराबमा स्ववियु कार्यसमितिमा ११ जना प्रत्यक्षबाट र १० जना समानुपातिकबाट निर्वाचित भएर चुनिने छन् । आइतबार साँझबाट मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार