spot_img
बुधबार, जेष्ठ १६, २०८१
बुधबार, जेष्ठ १६, २०८१
- Advertisement -spot_imgspot_img
समाचारजनतन्त्रिक तराई मुक्ति मोर्चा ( राजन मुक्ति) समुह...

जनतन्त्रिक तराई मुक्ति मोर्चा ( राजन मुक्ति) समुह नेकपा माओवादी केन्द्रमा समाहित

मिथिलाञ्चल टाइम्स डेस्क

चैत ०९, जनकपुरधाम ।  जनतन्त्रिक तराई मुक्ति मोर्चा ( राजन मुक्ति) समुह  नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) मा समाहित भएको छ  ।

- Advertisement -

धनुषा जिल्ला समन्वय समिति धनुषाले लक्ष्मीनिया गाउँपालिका को वडा नम्बर ७ कुमरौडामा बिहिवार आयोजना गरेको पार्टी प्रवेश  कार्यक्रममा उक्त समुहका सम्पुर्ण सदस्य  नेकपा माओवादी केन्द्रमा समाहित भएको छ ।

- Advertisement -

उक्त पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि नेकपा ( माओवादी केन्द्र ) का  उप-महासचिव मातृका प्रसाद यादबको प्रमुख अतिथित्वमा आयोजना गरिएको उक्त पार्टी प्रवेश कार्यक्रममा जनतन्त्रिक तराई मुक्ति मोर्चा ( राजन मुक्ति) समुहका सम्पुर्ण सदस्य सहित नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ ।

सुरेश यादबको अध्यक्षतामा गरिएको कार्यक्रममा जिल्ला संयोजक दिपक यादव  पुर्ब प्रदेश कमिटी सदस्य देब सागर दास, मधेस प्रदेश सभा सदस्य शारदा पहाडी दास , योङ्ग कम्युनिस्ट लिग नेपालका मधेस प्रदेशको सह संयोजक तथा धनुषा जिल्ला ईन्चार्ज सरोज यादव ,धनुषा जिल्ला  कार्यालय सचीव श्रीनारायण प्रतिहत ,सुर्य नारायण मण्डल ,  लगायत माओवादी केन्द्रका नेता तथा  कार्यक्रताहरुको उपस्थित रहेको थियो ।

राजन मुक्तिको समर्थन तथा स्वीकृती तथा बि.एन. झाको नेतृत्वमा  जनतान्त्रिक तराई मुक्ति मोर्चा ( राजन मुक्ति ) केन्द्रिय सदस्य केन्द्र सदस्य अर्जुन भुजेल , दिपक यादव, को नेतृत्वमा १०० औ को संख्याम नेता तथा कार्यक्रताहरु तराई मुक्ति मोर्चा प्ररित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ ।

कार्यक्रमको संचालन अशोक यादवले गरेको थियो भन्ने स्वागत मन्तव्य जिल्ला संयोजक दिपक यादव , मधेस प्रदेश सभा सदस्य शारदा पहाडी दास, YCl का केन्द्रिय सदस्य, मधेस प्रदेशको सह संयोजक तथा धनुषा जिल्ला इन्चार्ज सरोज यादव, दिपक पटेल गरेको थियो ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार