spot_img
शुक्रबार, असार २७, २०८२
शुक्रबार, असार २७, २०८२
- Advertisement -spot_imgspot_img
समाचारश्री मावि ललियामा छात्रवृत्ति वितरण, १९० जना विद्यार्थी लाभान्वित

श्री मावि ललियामा छात्रवृत्ति वितरण, १९० जना विद्यार्थी लाभान्वित

२०८२ असार २७ जनकपुरधाम : श्री माध्यमिक विद्यालय ललिया, मिथिला बिहारी नगरपालिका–५ मा लक्षित तथा सीमान्तकृत समुदायका विद्यार्थीहरूलाई लक्षित गर्दै छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ। आ.व. २०८१/०८२ तथा शैक्षिक सत्र २०८२ अन्तर्गत सम्पन्न उक्त कार्यक्रममा १९० जना विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख राजेन्द्रप्रसाद यादवले छात्रवृत्ति वितरण कार्यक्रमलाई शिक्षा समावेशीकरणतर्फको सकारात्मक कदम भन्दै, कमजोर तथा सीमान्तकृत वर्गका बालबालिकालाई शिक्षामा जोड्न यो अभियानले टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

- Advertisement -

कार्यक्रमको अध्यक्षता वडा नं. ५ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र कुमार मण्डलले गर्नुभयो। कार्यक्रममा समाजिक विकास समितिका संयोजक तथा कार्यपालिका सदस्य राम उदगार दास, प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, प्रहरी चौकी ललियाका प्रमुख योगेन्द्र चौधरी, प्रधानाध्यापक अजय कुमार यादव, विद्यालयका शिक्षक, समितिका सदस्य तथा स्थानीय अभिभावकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

विद्यालयले दिएको जानकारीअनुसार यसपटक कक्षा १ देखि ५ सम्मका लक्षित विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको हो। दलित ७१ जना रु. ५०० प्रति विद्यार्थी जनजाति ४५ जना रु. ५०० प्रति विद्यार्थी अन्य छात्रा: ७४ जना रु. ४०० प्रति विद्यार्थी जम्मा लाभान्वित विद्यार्थी १९० जना कुल छात्रवृत्ति रकम रु. ८७,६०० विद्यालयका प्रधानाध्यापक अजय कुमार यादवका अनुसार छात्रवृत्ति वितरण कार्य पूर्ण पारदर्शिता र निष्पक्षताका साथ सम्पन्न गरिएको हो।

- Advertisement -

कार्यक्रम बोल्दै कार्यपालिका सदस्य तथा समाजिक बिकास समितिका संयोजक राम उदगार दासले विद्यार्थीहरुको पढाई प्रती सकारात्मक  ईच्छा शक्ति भए बिना शिक्षक राम्रो विद्यार्थी भन्न सक्छ र विद्यालयको नतिजा राम्रो हुन्छ उहाँले बालबालिकामा शिक्षाको पहुँच बढाउन स्थानीय सरकार र विद्यालयको सहकार्यले महत्त्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गर्नुभयो।

अभिभावकहरूले पनि विद्यालयको यस प्रयासलाई स्वागत गर्दै शिक्षामा गरिब, दलित, जनजाति र महिलाको पहुँच सुनिश्चित गर्न यस्ता कार्यक्रमले प्रेरणा दिने बताए।

स्थानीय सरकारको समन्वय र विद्यालयको पहलमा सञ्चालित छात्रवृत्ति कार्यक्रमले मिथिला बिहारी नगरपालिकामा समावेशी शिक्षा अभियानलाई थप गतिशील बनाएको छ। शिक्षा नै परिवर्तनको मूल आधार हो भन्ने मान्यताका साथ सञ्चालित यस्ता प्रयासहरूले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार