spot_img
शुक्रबार, फाल्गुन १८, २०८०
शुक्रबार, फाल्गुन १८, २०८०
- Advertisement -spot_imgspot_img
समाचारजनकपुरधाममा स्कूल बसको ठक्करबाट एक भारतीय युवकको मृत्यु

जनकपुरधाममा स्कूल बसको ठक्करबाट एक भारतीय युवकको मृत्यु

माैशम पाठक

२५ गते  माघ , जनकपुरधाम। जनकपुरमा स्कूल बसले ठक्कर दिँदा एक युवकको मृत्यू भएको छ ।

आज (विहिबार) विहान करिब ८ः३० बजेको समयमा जनकपुरधाम उपमहागनरपालिका वडा नं.२३ बेलापुरस्थित जनकपुरको श्रीराम बोर्डिङ्ग   स्कूलको बसले ठक्कर दिएपछि एक भारतीय युवकको मृत्यू भएको हो ।

बा २ प ७६० स्कूल बसले साईकल यात्री भारतको मधुवनी जिल्ला बस्ने तथा हाल जनकपुरमै ससुराली बस्दै आएका बर्ष २७ का ममताज कवारीलाई ठक्कर दिएपछि गम्भिर घाईते भएका थिए । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लैजाँदा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यता, स्कूल बस र चालक महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं. ५ बस्ने रामजस मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटना सम्बन्धि थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार