spot_img
आइतबार, बैशाख ७, २०८२
आइतबार, बैशाख ७, २०८२
- Advertisement -spot_imgspot_img
समाचारहेटौंडा कपडा उद्योगको जग्गा २३ उद्योगलाई भाडामा

हेटौंडा कपडा उद्योगको जग्गा २३ उद्योगलाई भाडामा

२३ माघ, कवानपुर । कुनै सयम देशको सबैभन्दा ठुलो उद्योगको रुपमा रहेको हेटौंडा कपडा उद्योगको अस्तित्व सरकारी अभिलेखबाट हटिसकेको छ । हेटौंडा औद्योगिक क्षेत्रको २५६ रोपनी क्षेत्रफलमा फैलिएको उक्त उद्योगको नामसमेत अहिले सरकारी अभिलेखमा पाइँदैन ।

नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार हेटौंडा कपडा उद्योग खारेज गरी कम्पनी रजिस्ट्रारको कार्यालय र उद्योग विभागबाट कपडा उद्योगको विवरणसमेत हटाइएको छ । कपडा उद्योगको स्वामित्वमा भएको जग्गा र भवन अन्य उद्योग सञ्चालनका लागि भाडामा लगाइएको छ ।

- Advertisement -

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले हेटौंडा कपडा उद्योगको जग्गा अन्य २३ उद्योगलाई भाडामा लगाएको हो । २०५९ माघ र २०६६ कात्तिकमा गरी २ पटक मन्त्रिपरिषदको बैठकले हेटौंडा कपडा उद्योगको भौतिक पूर्वाधारतर्फको ८ करोड १२ लाख २५ हजार रुपैयाँ, प्लान्ट तथा मेसिनरी तथा सवारी साधन लगायतका सामानको ८ करोड १४ लाख २६ हजार रुपैयाँ र कपडा उद्योगको स्वामित्वमा रहेको २ सय ५६ रोपनी जग्गाको मूल्य २० करोड १९ लाख १५ हजार रुपैयाँ मूल्याङ्कन गरी उद्योग खारेज गरेको थियो ।

उद्योग मातहत रहेको भवन तथा जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई हस्तान्तरण गर्ने निर्णय सरकारले गरेको थियो । सोही निर्णय अनुसार कपडा उद्योगमा रहेको सरकारको सेयर लिमिटेडमा कायम गरिएको थियो । उद्योगको प्लान्ट तथा मेसिनरी लगायत मूल्यमध्ये ७ करोड रुपैयाँ सरकारले लिने र बाँकी लिमिटेडलाई वार्षिक ५ प्रतिशतका दरले लगानी गर्ने सरकारको निर्णय थियो ।

- Advertisement -

२३ वर्षदेखि प्रयोगविहीन रहेको कपडा उद्योगको फलामको मेसिन स्क्र्याब गर्न पनि लिमिटेडले मन्त्रिपरिषदमा प्रस्ताव लगेको थियो । तर, पुनः सञ्चालनको प्रस्तावका बिच मन्त्रिपरिषदबाट उक्त निर्णय हुन सकेको थिएन । २०३२ सालमा स्थापना भएको र २०३५ सालदेखि उत्पादन थालेको कपडा उद्योग २०५७ सालदेखि बन्द भएको थियो ।

२३ उद्योगलाई भाडामा

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले हेटौंडा कपडा उद्योगको जग्गा २३ वटा नयाँ उद्योग स्थापना तथा सञ्चालनका लागि भाडामा लगाएको थियो ।

हेटौंडा कपडा उद्योगको जमिनमा साउथ एसियन ब्रुअरी प्रा.लि.ले सबैभन्दा धेरै १०५ रोपनी, अविनाश एग्स प्रा.लि.ले ९.७५ रोपनी भाडामा लिएका छन् । एपेक्स इन्डस्ट्रिज, मकवानपुर बेभरेज प्रा.लि.लाई पनि उद्योग सञ्चालनका लागि कपडा उद्योगको जग्गा भाडामा दिइएको थियो ।

- Advertisement -

त्यस्तै लिमिटेडले मदरल्यान्ड एग्रीकल्चर इन्जिनियरिङ प्रा.लि., गढीमाई हाइड्रोमेकानिकल इन्जिनियरिङ वर्कसप, सहयात्री जीप उद्योग, लक्ष्मी पेन्ट्स उद्योग, कुलायन होम एप्लायन्स इन्डस्ट्रिज प्रालि, नाथ फुड्स इन्डस्ट्रिज प्रा.लि.लाई उद्योग सञ्चालनका लागि जग्गा भाडामा लगाइएको थियो ।

उद्योगहरुले जग्गा भाडा नियमित बुझाइरहेका छन् तर,  उद्योग भने सुरु हुन सकेको छैन । हेटौंडा कपडा उद्योगको जग्गामा सशस्त्र प्रहरी बल, नेपाल मुद्दती तथा सेवा गुल्मसमेत राख्ने गरी व्यवस्था मिलाइएको थियो ।

सरकारले हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने योजना बनाएसँगै जग्गा भाडामा लिएका उद्योगहरुको सन्दर्भमा के गर्ने भन्ने विषयमा अन्यौल देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार