३ गते माघ, जनकपुरधाम । जनकपुर जेसीजमा २०२४ का लागि हुन गईरहेकाे निर्वाचनमा जेसी ओमप्रकाश साह कार्यकारी उपाध्यक्ष पदका लागि अव्वल उम्मेदवार देखिएको छ ।
यहीँ माघ ५ गते २०२४ काे लागि जनकपुर जेसीजले अध्यक्ष ,कार्यकारी उपाध्यक्ष र उपाध्यक्ष पदका लागि निर्वाचन गराउन लागेका छन् । निर्वाचनका लागि ३ जना अध्यक्ष , ५ जना कार्यकारी उपाध्यक्ष र ७ जना उपाध्यक्षमा उम्मेदवारी परेकाे जनकपुर जेसीजका उपाध्यक्ष पदका उम्मेदवार जेसी कैलास नारायण साहले बताएका हुन् ।
आउँदाे शुक्रबार हुनलागेको निर्वाचनमा साह कार्यकारी उपाध्यक्ष पदका लागि अब्बल उम्मेदवार देखिएका छन् ।
साहले बर्ष २०२० मा सदस्यता लिएपछि विभिन्न सामाजिक कार्यमा सहभागी हुदै आएकाे छ । २०२१ मा एलओएम तालिमकाे संयाेजक, २०२२ मा विभिन्न सामाजिक कल्याण कार्यक्रम ,२०२३ मा अत्याधिक मत ल्याई उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । २०२३ मा विरीक्षाराेपन , वेलकम बोर्ड जडान र मास्टर अफ सेराेमनि लगायतका विभिन्न कार्यक्रममा सहभागी तथा आयोजन गर्दै सफल कार्यकाल सम्पन्न गरेकाे साहले जानकारी गराएकाे हाे । साह जनकपुरका सफल युवा व्यवसायी हुन् ।
जनकपुर जेसीजले विगत चार दशक देखि विभिन्न सामाजिक कल्याणकारी कार्य र नेतृत्व तथा व्यक्तित्व विकासका कार्यहरू गर्दै आईरहेका छन् । नेपाल जेसीज सक्रिय नागरिकहरूको गैर-नाफामूलक स्वैच्छिक सदस्यतामा आधारित संस्था हो। युवाहरूका नेतृत्व, व्यक्तित्व र उद्यमशीलता सीप विकास गर्न सन् १९६४ देखि नेपालमा कार्यरत १८ देखि ४० वर्षका युवाहरूलाई तालिम र सीप प्रदान गर्दै आइरहेकाे छ ।