spot_img
बुधबार, चैत्र १२, २०८१
बुधबार, चैत्र १२, २०८१
- Advertisement -spot_imgspot_img
समाचारजनकपुर जेसीजलाई सबल बनाउन याताेशकाे अध्यक्ष पदमा उम्मेदवारी

जनकपुर जेसीजलाई सबल बनाउन याताेशकाे अध्यक्ष पदमा उम्मेदवारी

४ गते माघ , जनकपुरधाम । जनकपुर जेसीजलाई सबल बनाउन जेसी याताेस कुमार साहले २०२४ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

- Advertisement -

जनकपुर जेसीजमा नयाँ साेच र परिवर्तनका साथ अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहेकाे साहले बताएका हुन् । साह विगत ७ बर्ष देखि ब्यक्तिगत रूपमा संस्थालाई माैद्रिक र गैरमाैद्रिक रूपमा याेग्दान पुर्याउदैं आईरहेकाे छ । उनले संस्थालाई सबलीकरण गर्नका लागि संस्था भित्रभएका विभिन्न वेथिति, राजनीति षड्यन्त्र र कमीकमजोरीलाई उजागर गर्दै जनकपुर जेसीजलाई उच्चाईमा पुर्याउनुमा ठुलो याेग्दान रहेकाे पुर्ब अध्यक्ष जेसी मनाेज कुमार साहले बताएका हुन् । याताेश अध्यक्ष पदका लागि याेग्य, सबल, सक्षम र दुरदर्शि उम्मेदवार भएकाे साहले बताए ।
साहले बर्ष २०१७ मा सदस्यता ग्रहण गरेका थिए । बर्ष २०१८ मा उपाध्यक्ष पदमा रही विभिन्न कार्यक्रम गरि उपलब्धिमुलक कार्यकाल सम्पन्न गरेका थिए ।

- Advertisement -

यस्तै बर्ष २०१९ मा थिम डाइरेक्टर , २०२० मा कार्यकारी उपाध्यक्ष र २०२१ मा काेषाध्यक्षका रूपमा निर्वाचीत भएर सफल कार्यकाल दिएका छन् ।
तालिम र अध्ययनकाे क्रममा बर्ष २०२१ मा जेसीआई नेपाल एकेडेमीबाट , २०२२ मा जेसीआई नेपाल टिओटि र भारतको जेसीआई नालान्दाबाट स्नातकोत्तर उपाधी हासिल गरेका छन् । उनलाई सानै देखि सामाजिक रूपान्तरणकाे लागि अभिरूचि रहेकाे बताईएकाे छ । बर्ष २०२४ मा अध्यक्षमा निर्वाचीत भएपश्चात आफुले नेपालमा जनकपुर जेसीज शाखालाई नमुनाकाे रूपमा स्थापित गराउने प्रतिबद्धता जाहिर गरेका छन् ।

यहीँ माघ ५ गते शुक्रबार २०२४ काे लागि जनकपुर जेसीजले १-अध्यक्ष ,२-कार्यकारी उपाध्यक्ष र ४- उपाध्यक्ष पदका लागि निर्वाचन गराउन लागेका छन् । निर्वाचनका लागि ३ जना अध्यक्ष , ५ जना कार्यकारी उपाध्यक्ष र ७ जना उपाध्यक्षमा उम्मेदवारी परेकाे जनकपुर जेसीजले जानकारी गराएकाे छ ।

- Advertisement -

जुनियर चेम्बर इन्टरनेसनल, जसलाई सामान्यतया JCI भनेर चिनिन्छ, एक गैर-नाफामुलक अन्तर्राष्ट्रिय गैर-सरकारी संस्था हो । यसको लगभग १२४ देशहरूमा सदस्यहरू छन्, र ती मध्ये अधिकांश क्षेत्रीय वा राष्ट्रिय संगठनहरू छन्। पहिलो स्थानीय जुनियर चेम्बर अध्याय १९१५ मा स्थापित भएको थियो। तर अन्तर्राष्ट्रिय छाता संगठन जूनियर चेम्बर इन्टरनेसनल (जेसीआई) को स्थापना १९४४ मा मेक्सिकोमा भएको थियो। यो युरोप काउन्सिलसँग संयुक्त राष्ट्र संघको आर्थिक र सामाजिक परिषदको साथ परामर्श स्थिति हो। युनेस्कोसंग यसले युवाहरुलाई सक्रिय नागरिक बन्न र सामाजिक र आर्थिक विकास, र अन्तर्राष्ट्रिय सहयोग, सद्भावना र समझदारीको दिशामा प्रयासमा भाग लिन प्रोत्साहित गर्दछ।
जेसीजलाई Learning By Doing को प्रकृया वाट संचालित अनौपचारिक विद्यालय पनि भन्न सकिन्छ अर्थात जेसीज १८ देखि ४० बर्षका युवाको विश्वव्यापी विश्वविद्यालय हो जहाँ गरेर सिक्ने प्रकृयाबाट व्यक्तित्व र नेतृत्व क्षमताको विकास गराईन्छ ।
जनकपुर जेसीजले पनि विगत चार दशक देखि युवाहरूका नेतृत्व, व्यक्तित्व र उद्यमशीलता सीप विकास गर्न १८ देखि ४० वर्षका युवाहरूलाई तालिम र सीप प्रदान गर्दै आइरहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार