spot_img
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
- Advertisement -spot_imgspot_img
समाचारधनुषाको हंसपुर नगरपालिकामा YCL नेपालको नगर भेला सम्पन्न

धनुषाको हंसपुर नगरपालिकामा YCL नेपालको नगर भेला सम्पन्न

मंसिर १७, धनुषा : नेपाल कम्यूनिष्ट पार्टि माओवादी केन्द्रको सहायक संगठन योङ कम्यूनिष्ट लिग नेपाल(YCL Nepal ) हंसपुर नगरपालिकाको नगर भेला सम्पन्न गरेको छ ।

YCL नेपालले संगठन बिस्तार लाइ तिब्रता दिने क्रममा धनुषाको हंसपुर नगरपालिकामा आज एक भब्य कार्यक्रमका बिच भएको नगर भेलामा प्रमुख अतिथी पुर्ब कानुन मन्त्री तथा धनुषा जिल्ला इन्चार्ज अजय शंकर नायक विशिष्ट अतिथि माओवाद केन्द्रका केन्द्र सदस्य चन्देश्वर राउत , धनुषा जिल्ला संयोजक दिपक यादब , YCL नेपालका मधेस प्रदेश सह-संयोजक तथा धनुषा जिल्ला इन्चार्ज सरोज यादब अतिथि हंसपुर नगरपालिका नगर अध्यक्ष सुनिल यादव ,जनसंस्कृति मञ्च मधेस प्रदेशको अध्यक्ष राजेश सक्सेना, YCL धनुषा वरिष्ठ उपाध्यक्ष तथा हंसपुर नगरपालिका इन्चार्ज जय प्रकाश मण्डल, YCL केन्द्र सदस्य राज नारायण साह , रमेश लाल यादव , बिजय यादब , नबल ठाकुर , अक्षय मंडल , YCL धनुषा जिल्ला पुर्ब इन्चार्ज हलखोरी कापर रहेको थियो ।

- Advertisement -

नगर भेलालाई सम्वोधन गर्दै प्रमुख अतिथिले जनयुद्धको जगमा ऐतिहासिक जनआन्दोलनको संयोजनबाट देशमा सामन्ती राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना ,समावेशी लोकतन्त्र संस्थागत भएको छ । मधेसी, मुस्लिम, महिला, दलित, आदिवासी, जनजाति, थारू समुदाय लगायत उत्पीडित वर्ग, जाति, लिंग, क्षेत्र र समुदायमा उच्च राजनीतिक जागरणसहित उनीहरूको पहिचान र अधिकार स्थापित भएको छ,’ उनले भनेका छन्, ‘सामाजिक न्यायको उन्नत व्यवस्थासहित समाजवादोन्मुख संविधानको निर्माण र कार्यान्वयन सम्भव भएको छ । संविधान उल्लेख भएको मौलिक अधिकार गास , बास, कपास नेपाली जनताको मौलिक अधिकार रहेको बताए ।

यस्तै विशिष्ट अतिथि नेकपा माओवादी केन्द्रका धनुषा जिल्ला संयोजक दिपक यादबले अहिले केही केहि सामन्त तथा शोषक दलालहरुले राजतन्त्रको दिवा सपना देखिदैछ त्यो सपना नदेखे हुन्छ सघिय गणतन्त्रको विकल्प अर्को हुन सकिदैन संघीय गणतन्त्रको बिरोध गर्नेहरु जवाफ युवाहरुले ठाउँको ठाउँ दिनु पर्छ तर हिजोको लडाई र आजको लडाई फरक भएकाले हिजो हतियारवद्ध लडाई थियो आज बैचारीक लडाई उतिकै पेचिलो बन्दै गैरहेको हुदां यूवाहरु पश्चगमनका विरुद्ध आक्रामक वैचारीक लडाई लड्नुपर्ने बताउनुभयो ।

- Advertisement -

कार्यक्रमामा बोल्दै YCL नेपालका मधेस प्रदेश सह संयोजक सरोज यादबले युवाहरु परिवर्तन को संवाहक हुन र युवाहरू नै रास्ट्र निर्माणमा जुट्नुपर्छ। तसर्थ वाईसीएल नेपाल त्यो क्रान्तिकारी युवाहरूको दस्ता हो, जसले दलाल, चाकरीलाई निस्तेज गर्दै आत्मस्वाभिमानका साथ जनताका गुनासो र समस्या समाधानका निम्ति संगठनको परिधिभित्र रहेर शोषक सामन्तका विरुद्ध चट्याङ सरि गर्जिन आव्हान गरेका छन।

त्यसैगरि कार्यक्रममा बोल्दै अतिथि राजेश सक्सेनाले भने वाई सि एल नेपाल जनयुद्धको जगमा उभिएको संगठन भएकाले अन्य राजनैतिक दलका युवा संगठन भन्दा पृथक छ । यसले जनताकै विचमा गयर जनताकै मन जित्नूपर्ने बताए ।

कार्यक्रमको संचालन YLC को नगर कमिटी सचीव मनोज पासवानले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार