धनुषाको मा.वि. ललियामा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

0
275

मंसिर १८, धनुषा : धनुषाको मिथिला विहारी नगरपालिका ५ ललियामा रहेको सामुदायिक विद्यालय श्री माध्यमिक विद्यालय ललियाका दलित छात्र छात्रा , जनजाती सिमान्तकृत छात्र छात्रा र अन्य छात्रा विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।

जनजाती सिमान्तकृत विद्यार्थीहरूलाई प्रति विद्यार्थी ५ सय र दलित तथा अन्य छात्रा प्रति विद्यार्थीलाई ४ सय रुपैयाँका दरले छात्रवृत्ति वितरण गरिएको छ । कक्षा १ देखि ८ सम्मका छात्रा र दलित छात्र छात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । यस विधालयका ३ सय २८ जना विद्यार्थीहरुलाई जम्मा रु.१ लाख ३९ हजार ८ सय रुपैया छात्रवृत्ति विरण गरिएको छ ।

यस कार्यक्रममा मिथिला विहारी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सुरेन्द्र कुमार मण्डलको अध्यक्षतामा भएको छात्रवृत्ति  वितरण कार्यक्रममा  प्रमुख अतिथिको नगर प्रमुख राजेन्द्र प्रसाद यादव विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत राम दरश यादव , समाजिक विहास समितीका संयोजक राम उदगार दास , शिक्षा शाखा प्रमुख रिमा झा अतिथि विधालय व्यवस्थापन समितीका सदस्यहरु, वडा समितीका सदस्यहरु , प्रहरी चौकी ललियाका ईन्चारर्ज , महिला स्वम्सेविकाहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको संचालन शिक्षक दिप नारायण ठाकुरले गर्नु भएको थियो भन्ने स्वागत मन्तव्य मा.वि. ललियाको प्राधानाध्यापक अजय कुमार यादवले दिनु भएको थियो । विधालयमा शैक्षिक शत्र २०८० मा कक्षा १ देखि १० सम्ममा जम्मा ६ सय १५ जना विधार्थी अध्ययनरत रहेको प्र.अ. यादवले जानकारी दिनु भएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here