spot_img
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
- Advertisement -spot_imgspot_img
समाचारमधेस प्रदेशको उद्योग बाणिज्य तथा पर्यटन मन्त्री यादव द्वारा...

मधेस प्रदेशको उद्योग बाणिज्य तथा पर्यटन मन्त्री यादव द्वारा परशुराम तलाउको अनुगमन तथा निरीक्षण

असोज २४ जनकपुरधाम: मधेस प्रदेशको उधोग बाणिज्य तथा पर्यटन मन्त्री मा. सुनिता यादबले धनुषाको मिथिला बिहारी नगरपालिका- २ अन्तर्गत रहेको धार्मिक पर्यटनको प्रसिद्ध स्थल परशुराम तलाउको निरीक्षक तथा अनुगमन गरेको छ।

मन्त्री यादवले अनुगमनको क्रममा धार्मिक मान्यता बोकेको यो परशुराम तलाउलाई कम्तीमा हप्ताको १ दिन सरसफाई कार्यक्रम आयोजना गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रम संचालन भए समय समय मेरो पनि सहभागिता रहने प्रतिबद्धता समेत जनाउनु भएको थियो ।

- Advertisement -

प्रदेश सरकार र स्थानीय सरकार मिलेर यस्तो धार्मिक पर्यटन स्थलको बिकास गर्नुपर्छ । स्थानीय सरकार नजिकको चिनेको ठाउँ भएकोले स्थानीय तहले यसको बढी जिम्मेवारी लिनुपर्छ । परशुराम तलाउको बिकासको लागि उद्योग बाणिज्य तथा पर्यटन मन्त्रालय आ.ब. २०८०/०८१ मा १५ लाख बजेट बिनियोजन गरेको जानकारी समेत गराउनु भएको छ ।
परशुराम तलाउबारे किंवदन्ती 
हिन्दू धर्मग्रन्थ अनुसार परशुरामलाई भगवान् विष्णुका १० मुख्य अवतारहरूमध्ये छैठौं अवतार मानिएको छ।
परशुरामको मुख्य हतियार परशु (बञ्चरो) भएकाले उनको नाम परशुराम रहेको मानिन्छ। परशुरामले २१ पटक पृथ्वीका क्षत्रियहरूको संहार गरेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।
भगवान परशुरामको मिथिलासँग नजिकको सम्बन्ध रहेको विभिन्न ग्रन्थहरूमा लेखिएको छ। मिथिलाका राजा जनकसँग उनको अत्यन्त नजिकको सम्बन्ध रहेको थियो। सीता स्वयंवरको बेला पनि भगवान परशुराम जनकपुरधाम आएको रामायणमा उल्लेख छ। त्यसबेला भगवान परशुराम र भगवान राम बीच संवाद भएको थियो।
त्रेतायुगमा भगवान रामसँगको मिलनपछि परशुरामको तेज रामले आफूमा लगेर परशुरामलाई सामान्य ऋषिको रूपमा राखेको ग्रन्थहरूमा उल्लेख रहेको संस्कृतिविद चन्द्रमोहन झा पड़वाले बताउँछन्।
हिन्दू धर्मग्रन्थ अनुसार रामचन्द्रद्वारा शिवको धनुष भाँचेकोमा परशुराम क्रुद्ध भएर आएका थिए। उनले परीक्षाको लागि शिव–धनुष रामचन्द्रलाई दिए। जब रामले धनुषमा ताँदो चढाए तब परशुरामले रामचन्द्र विष्णुको अवतार रहेको थाहा पाए। त्यसपछि परशुराम रामको वन्दना गरेर तपस्या गर्न गए। भगवान परशुराम महेन्द्र पर्वतमै विश्राम गर्ने गरेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।
परशुरामले आफ्नो जीवनकालमा अनेक यज्ञ गरेका थिए। यज्ञ गर्नको लागि उनले ३२ हाथ अग्लो सुनको वेदी बनाएका थिए।
महर्षि कश्यपले दक्षिणामा पृथ्वीसहित त्यो वेदी लिए। र, परशुरामसँग पृथ्वी छोडेर जान भने। त्यहीकारण परशुरामले समुद्रलाई पछाडि हटाएर गिरिश्रेष्ठ महेन्द्र गिरिमा निवास गरेकोे धार्मिक ग्रन्थमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार