मिथिलाञ्चल टाइम्स डेस्क
असोज २५ जनकपुरधाम : जनकपुरधामको रामसागर रामसरुप बहुमुखी (राराब) क्याम्पस स्ववियू सभापति मनिष कुमार यादवलाई समाजिक सँजालमा बदनामको प्रयास गरिएको बताईएको छ ।
सभापति यादवलाई बुधबार राति धनुषाको ढल्केवरस्थित सम्राट डान्सबारमा विवाद हुँदा दुई पक्षबीच कुटाकुट र झगडा भएपछि रातभरि थुनामा बसेको समाचार र स्टेटस समाजिक सँजालमा आएपछि सभापति यादवले समाजिक संजाल फेसबुकमा लाईभ आएर खण्डन गरेका छन् ।
जनकपुरका केही सँचारमाध्यमहरुले सभापति यादव रातभरि ढल्केवर प्रहरीको थुनामा रहेको तथ्य प्रकाशित गरेपछि उनले फेसबुकमा लाईभ आएर आफू कुनै थुनामा नरहेको र लगाईएको आरोप बदनाम गर्नको लागि मात्र भएको बताएका छन् ।
यता, सभापति यादवले केही राजनीतिक दलका कार्यकर्ताहरुले आफूलाई बदनाम गर्न लागेको बताएका छन् । उनले राराब क्याम्पसमा पराजित केही प्रतिनीधि, उनका साथीभाई र आफन्तहरुले समाजिक सँजालमा षडयन्त्रपूर्वक बदनाम गर्न खोजेको आरोप लगाएका छन् ।