spot_img
बिहिबार, साउन १०, २०८१
बिहिबार, साउन १०, २०८१
- Advertisement -spot_imgspot_img
खेलकुदआईसीसी एकदिवसीय विश्वकप छनोट खेलमा नेपालको पहिलो जित

आईसीसी एकदिवसीय विश्वकप छनोट खेलमा नेपालको पहिलो जित

असार ५, काठमाडौं ।  आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको मंगलबार भएको आफ्नो दोस्रो खेलमा नेपालले जित हासिल गरेको छ । उक्त खेलमा नेपाल ६ विकेटले विजयी भयो । नेपालले अमेरिकालाई हराउन ठुलै संघर्ष गर्नु पर्‍यो । केवल दुई सय आठ रनको लक्ष्य पछ्याएको नेपालले ४३ ओभरमा चार विकेट गुमाएर दुई सय ११ रन बनाउँदै लक्ष्य पार गरेको थियो ।

नेपालका लागि भीम सार्कीले अविजित रहँदै सर्वाधिक ७८ रन बनाए । ११४ बल सामना गरेका उनले ७ चौका र १ छक्काको सहयोगमा उक्त योगफल तयार पारेका हुन् । त्यस्तै ओपनर कुशल भुर्तेलले ३९ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले पनि अविजित रहँदै ३९ रन बनाए ।

- Advertisement -

अमेरिकाका लागि सौरभ नेत्रवाल्कर, नोस्तुस केन्जिगे, निसर्ग पटेल र स्टिभन टेलरले १/१ विकेट लिए ।

यसअघि नेपालसँग टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अलआउट भएको थियो । अमेरिकाका लागि सायन जाँहागिरले अविजित १०० रन बनाए । त्यस्तै सुशान्त मोदानीले ४२ रन बनाउँदा गजानन्द सिंहले २६ रनको योगदान गरे । नेपालका लागि करणले ९ ओभरमा ३ मेडन राख्दै ३३ रन खर्चेर ४ विकेट लिए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । उनले ५ ओभरमा १५ रनमात्र खर्चे । त्यस्तै गुल्शन झाले १० ओभरमा ५२ रन खर्चेर कुल ३ विकेट लिए ।

- Advertisement -

कुशल भुर्तेलको ९९ रनमा नेपालले २ सय ९० रन बनाए पनि पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । अमेरिका पहिलो खेलमा वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो ।

नेपालले आगामी बिहीबार वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार