spot_img
आइतबार, जेष्ठ ६, २०८१
आइतबार, जेष्ठ ६, २०८१
- Advertisement -spot_imgspot_img
खेलकुदओडीआईमा विराट कोहलीले बनाए ५० शतकको कीर्तिमान

ओडीआईमा विराट कोहलीले बनाए ५० शतकको कीर्तिमान

२९ कात्तिक, काठमाडौं । भारतीय ब्याटर विराट कोहलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० शतकको कीर्तिमान बनाएका छन् ।

- Advertisement -

विश्वकप क्रिकेटको सेमिफाइनलमा उनले बुधबार शतक पूरा गर्दै यसअघि सचिन तेन्दुलकरले बनाएको ४९ शतकको कीर्तिमान भंग गरेका हुन् ।

तेन्दुलकरले ४५१ औं  एकदिवसीय अन्तर्राष्ट्रियमा ४९ शतक बनाएका थिए भने कोहलीले २७७ औं खेलमा दक्षिण अफ्रिकाविरुद्ध यही विश्वकपमा शतक हान्दै ४९ शतकको कीर्तिमान बराबरी गरेका थिए । न्युजिल्याण्डविरुद्धको खेलमा उनले ११३ बलमा ९ चौका र २ छक्काको मद्दतमा ११७ रन बनाएर आउट भए ।

कोहलीले बुधबारको शतकसँगै विश्वकप क्रिकेटमा ७०० रन पूरा गर्ने कीर्तिमान पनि बनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार