spot_img
शुक्रबार, फाल्गुन ११, २०८०
शुक्रबार, फाल्गुन ११, २०८०
- Advertisement -spot_imgspot_img
समाचारयातायात कार्यालयबाट एक दलाल पक्राउ

यातायात कार्यालयबाट एक दलाल पक्राउ

माघ २० जनकपुरधाम । यातायात कार्यालयमा दलाली गर्ने एक दलाललाई प्रहरीले पक्राउ गरेको छ ।

यातायात कार्यालय जनकपुरधाम कार्यालय परिसरभित्रै दलाली गर्ने १ दलाललाई प्रहरीले पक्राउ गरेको हो । सेवाग्राहीहरुलाई हैरानी पारेको गुनासो बढेपछि प्रहरीले सक्रियता देखाएको हो ।
पक्राउ पर्नेमा महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडा नम्बर ४ बस्ने बर्ष ३० को आदित्य यादव रहेको छ ।

यातायात व्यवस्था कार्यालय जनकपुरधाममा आएका सेवाग्राहीहरुलाई काम छिटो छरितो गरिदिन्छु भनि बार्गेनिङ गरिरहेको अवस्थामा उनी पक्राउ परेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले अनुगमन गर्दा उनीहरुलाई दलाली गरिरहेको अवस्थामै पक्राउ गरेको हो ।

पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखी थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार