spot_img
सोमबार, कार्तिक १९, २०८१
सोमबार, कार्तिक १९, २०८१
- Advertisement -spot_imgspot_img
समाचारपुनः मतगणनाको आदेश उल्टियो

पुनः मतगणनाको आदेश उल्टियो

माघ २०, जनकपुरधाम । उच्च अदालत जनकपुरले पुनः मत गणनाका लागि दिइएको आदेश सर्वोच्च अदालतले उल्टाइ दिएको छ ।

सर्लाही हरिवन नगरपालिका–७ को स्थानीय निर्वाचन नतिजा रद्द गरी पुनः मतगणना गर्न दिएको उच्च अदालतको आदेश उल्टिएको छ । वडाध्यक्ष पदमा यसअघि सार्वजनिक भएको परिणाम रद्द गरी पुनः मतगणनाका लागि टीका जंङ्ग थापाले रिट दायर गरेका थिए । एक मतले पराजित नेपाली काँग्रेसका थापाको रिटमाथि सुनुवाइ गर्दै अदालतले गत पुस तेस्रो साता पुनः गणना गर्ने आदेश दिएको थियो ।

- Advertisement -

माघ २० गते (आज) गणना गर्ने उच्च अदालत जनकपुरको तयारी थियो । तर सर्वोच्चले उक्त आदेश उल्टाएको उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार उच्च अदालतको आदेशबाट असंतुष्ट भएपछि एक मतले निर्वाचित घोषणा भएको नेकपा एमालेका निरध्वज कार्कीले सर्वोच्च अदालतमा मुद्दा दिएका थिए ।

- Advertisement -

सोही मुद्दामा सर्वोच्चले तत्काल गणना नगरी मिसिल पठाउन माघ १६ गते उच्च अदालत जनकपुरलाई पत्राचार गरेको छ । अब सर्वोच्चले दिएको आदेश वा फैसला मात्रै कार्यान्वयन हुने भएको छ । यस वडामा निरध्वज कार्की एक मतले निर्वाचित भइ कार्यरत छन् । निर्वाचन अधिकृतको कार्यालयको गणना अनुसार कार्की ३ सय ७९ मतसहित विजयी भएका छन् भने निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टीकाजंग थापाले ३ सय ७८ मत पाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार