spot_img
आइतबार, बैशाख ७, २०८२
आइतबार, बैशाख ७, २०८२
- Advertisement -spot_imgspot_img
समाचारप्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीद्वारा हरियो झण्डा देखाएर...

प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीद्वारा हरियो झण्डा देखाएर रेलको समुद्घाटन , ८ वर्ष २ महिनापछि विधिवतरुपमा रेल संचालन

१९ चैत , जनकपुरधाम ।
नेपाल रेल्वे समुद्घाटनपछि संचालनमा आएको छ ।
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्ली स्थित हैदरावाद हाउसबाट हरियो झण्डा देखाएर समुद्घाटन गरेको नेपाल रेल्वे दुई घण्टापछि जनकपुरधाम आइपुगेको हो ।

- Advertisement -

शनिवार दिउँसो करिब १ बजे भारतको जयनगरबाट गुडेको रेल ३ बजे जनपकुरधाम पुगेको हो ।
जनकपुरधाम पुगेपछि छात्र–छात्राहरुले नेपाल र भारतको झण्डा सहित स्वागत गर्न पुगेका थिए । रेल्वे हेर्नका लागि विहानै देखि हजारौँको संख्यामा स्थानीयहरु पुगेका थिए ।

- Advertisement -

भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र उनका समकक्षी मोदीले नयाँदिल्लीबाट रिमोट थिचेर रेलसेवाको शनिबार दिउँसो उद्घाटन गरेका हुन् ।

८ वर्ष २ महिनापछि विधिवतरुपमा रेल संचालन , व्यावसायीहरुको अनुहारमा उमंग

नेपाल–भारतबीच सन् २०१० मा भएको सम्झौता अनुसार जयनगर–जनकपुर–भंगहा–बर्दीवास रेल मार्ग निर्माण तथा विस्तार आयोजना सुरु भएपछि २०७० साल माघ १७ गतेदेखि रेल सेवा बन्द भयो ।
रेल्वेको जग्गामा संचालित पसलहरु खाली गराइए । रिक्सा स्टेण्ड हटाइयो । रेल नै नचलेपछि दैनिक मजदुरी गरेर जीवनयापन गर्ने सयौं कामदार बेरोजगार भए । स्टेशनबाहिरका दर्जनौं पसलेले पेशा नै परिवर्तन गरे वा पसल अन्यत्र सारे । जनकपुर बजार लगभग सुक्यो ।

- Advertisement -

विगत आठ वर्षदेखि दुःख सहेर बसेका व्यावसायीहरुको अनुहारमा शनिबार अचानक उमंग र रौनक छाएको छ । दैनिक मजदुरी गर्नेहरू खुसी देखिएका छन् । शनिबार भए पनि स्टेशनदेखि भानुचौकसम्मका प्रायः सम्पूर्ण पसल खुला नै थिए । जनकपुरका व्यवसायीहरु उत्साही देखिएका छन्।
नेपाल रेल्वे कम्पनीले सार्वजनिक गरेको समय तालिका अनुसार दैनिक दुई वटा अप र दुई डाउन रेल सेवा संचालन हुने छ । एक पटकमा १ हजार ३ सय यात्रु बोक्ने क्षमता भएको रेल मार्फत दैनिक ५ हजार भन्दा धेरै यात्री जनकपुर आउने छन् । जनकपुरधामको कुर्था–जयनगरसम्म ३५ किलोमिटरमा रेल सेवा यिनमित संचालन हुने छ । जनकपुरधामबाट जयनगरका लागि समान्य टिकट रु ७० र एसीकोच तर्फ ३ सय ५० भाडा निर्धारण गरिएको छ ।
२०७७ असोजमा दुवै रेल सेट भारताबाट जनकपुर ल्याइएको थियो । लामो समयसम्म रेल पालले छोपेर राखिएको थियो । २०७६ वैशाख २७ मा भारत सरकारसँग रेल खरिदसम्बन्धी सम्झौता भएको थियो। भारतीय रेलवे कम्पनी कोंकणले दुवै रेल सेट ८४ करोड ६५ लाख रुपैयाँमा तयार गरेर दिएको हो ।
१९९४ सालमा महोत्तरी जंगलबाट साखुको गोलिया काठ ओसार्न भारतले निर्माण गरेको जनकपुर रेल्वे महोत्तरीको बिजुलपुराबाट भारतको जयनगर (५२किलोमिटर) सम्म संचालनमा थियो । तर २०५९ सालमा आएको बाढीबाट विग्ही पुल क्षतिग्रस्त भएपछि रेल सेवा जनकपुरदेखि जयनगर (२९ किलोमिटर)मा सिमित हुन पुग्यो । भारतको सहयोगमा रेल विस्तार तथा स्तरोन्नति परियोजना पहिलो चरणमा जयनगर–कुर्था रेलसेवाको उद्घाटन शनिबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा गरेका हुन् ।

रेलसेवा पूर्व—पश्चिम राजमार्गमा पर्ने बर्दीवाससम्म (६९ किलोमिटर ) विस्तार गर्ने योजना छ । सन् २०१० मा नेपाल–भारतबीच भएको समझौता अनुसार सन् २०१९ सम्म योजना सम्पन्न भइसक्नु पर्ने थियो ।
८ वर्ष २ महिनापछि विधिवत रेल संचालन भएको आफ्नै आँखाले हेर्न हजारौं सर्वसाधारण शनिबार बिहानैदेखि जनकपुर रेल्वे स्टेशनमा भेला भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार