२० चैत, काठमाडौं । नेपाल आयल निगमले पम्पहरुमा अत्यावश्यक बाहेकको अवस्थामा लाइन नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
व्यवसायी र निगम बीचको समझदारी पछि देशभरका बिक्रेताहरुले ढुवानी सुरु गरेको र ढिलोमा आइतबार दिउँसो तीन बजेसम्म वितरण सहज हुने निगमका सहायक प्रवक्ता पुष्करकुमार कार्कीले बताए ।
काठमाडौं उपत्यका, गण्डकी, लुम्बिनी, विराटनगर, अमलेखगञ्जसहितका सबै ठूला सहरका डिपोहरुबाट तेल उठिरहेको कार्कीले बताए । कुन ठाउँबाट कति तेल पम्पमा गयो भन्ने विवरण भने बिलिङ नसकिएका कारण उपलब्ध हुन नसकेको उनले बताए ।