spot_img
बुधबार, साउन ९, २०८१
बुधबार, साउन ९, २०८१
- Advertisement -spot_imgspot_img
समाचारआवश्यकता र परिस्थिति हेरेर स्थानीय तहको चुनावमा गठबन्धन गर्ने...

आवश्यकता र परिस्थिति हेरेर स्थानीय तहको चुनावमा गठबन्धन गर्ने कांग्रेसको निर्णय

काठमाण्डाै – सत्तारुढ दल नेपाली कांग्रेसले आवश्यकता र परिस्थिति हेरेर स्थानीय तहको चुनावमा गठबन्धन गर्ने निर्णय गरेको छ ।

आज मङ्गलवार सकिएको केन्द्रीय समितिको बैठकले स्थानीय आवश्यकता र हार/जितको परिस्थिति हेरेर सत्तारुढ दलसँग गठबन्धन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो । केन्द्रीय सदस्यहरूको सुझावका आधारमा देशैभरि नभइ आवश्यक ठाउँमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चासँग तालमेल गर्ने निष्कर्ष निकालिएको प्रवक्ता महतले जानकारी दिनुभयो ।

- Advertisement -

अहिले पनि देशका धेरै पालिकामा कांग्रेस नै बलियो रहेको र यसलाई अझै सहज र व्यापक बनाउन गठबन्धन आवश्यक रहेकोमा सबैजसो नेता र केन्द्रीय सदस्य सहमत भएको महतको भनाइ छ । स्थानीय तहमा उम्मेदवार चयन पार्टीको विधानमा प्रावधान र प्रक्रियाअनुसार अगाडि बढाइने पनि उहाँले बताउनुभयो । तर नेता शेखर कोइराला समूहले चुनावमा एक्लै जान प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार