spot_img
आइतबार, बैशाख ७, २०८२
आइतबार, बैशाख ७, २०८२
- Advertisement -spot_imgspot_img
समाचारआगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि...

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि धनुषामा ३२ वटा दल दर्ता

१५ चैत , जनकपुरधाम ।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि धनुषामा ३२ वटा दल दर्ता भएका छन् । राष्ट्रिय मान्यता प्राप्त दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालसहितका ३२ वटा दलले दल दर्ता गरेका हुन् ।
यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा धनुषामा ३२७ मतदानस्थल र ५४८ मतदान केन्द्र रहेकोमा यसपटक भने मतदानस्थल घटाइएको छ । यो निर्वाचनमा मतदानस्थल ३२३ वटा बनाइएको छ भने मतदान केन्द्रलाई बढाएर ५९६ पुर्याइएको छ । जिल्लामा प्रमुख निर्वाचन अधिकृतको कार्यालयसँगै पालिकाहरुमा निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना भइसकेको निर्वाचन कार्यालय धनुषाका प्रमुख श्रीधर पन्थीले जानकारी दिए ।

निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम धनुषा जिल्लाका लागि जिल्ला अदालत धनुषाका जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेललाई २०७८ चैत २९ देखि लागू हुनेगरी मुख्य निर्वाचन अधिकृत तोकिएको उनले बताए ।

यस्तै औरही गाउँपालिकामा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव रजेश शशी, कमला नगरपालिकामा जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता धर्म अवतार कोइराला, क्षीरेश्वरनाथ नगरपालिकामा धनुषा जिल्ला अदालतका श्रेस्तेदार विकास बस्नेत, गणेशमान चारनाथ नगरपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकृत रुपेश कुमार साह, जनकनन्दनी गाउँपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव ठुलोबाबु दाहाललाई निर्वाचन अधिकृत तोकिएको उनले बताए ।

- Advertisement -

यस्तै धनुषाधाम नगरपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकृत चिरञ्जिवी गौतम, धनौजी गाउँपालिकामा उच्च सरकारी वकिल कार्यालय जनकपुरका उपन्यायाधिवक्ता पोषराज खनाल, नगराइन नगरपालिकामा मुख्य न्यायधिवक्ताको कार्यालयका उपन्यायधिवक्ता सुदिप कुमार दंगाल, बटेश्वर गाउँपालिकामा उच्च अदालत जनकपुरका उपरजिष्ट्रार उद्धव ढोडारी, मिथिला नगरपालिकामा न्याय परिषद्का उपसचिव दिपक धिताल, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत शिवहरी पौड्याललाई निर्वाचन अधिकृत रहेको जनाइएको छ ।

यस्तै लक्ष्मीनिया गाउँपालिकामा शिक्षा विकास निर्देशनालयका उपसचिव चुडामणि फुँयाल, मिथिला बिहारी नगरपालिकामा उच्च अदालत जनकपुरका उपरजिष्ट्रार राजु पराजुली, विदेह नगरपालिकामा गृह मन्त्रालयका उपसचिव अनुज भण्डारी, शहीदनगर नगरपालिकामा परराष्ट्र मन्त्रालयका विशाल भट्टराई, सबैला नगरपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत बासुदेव पाण्डे र हंसपुर नगरपालिकामा सर्वोच्च अदालतका एजलास अधिकृत कर्णबहादुर राईलाई निर्वाचन अधिकृत तोकिएको जनाइएको छ ।

- Advertisement -

वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनमा धनुषामा ४ लाख ६७ हजार ३२८  मतदाता छन् । जसमध्ये महिला २१ लाख ८ हजार ५४२, पुरुष २४ लाख ८ हजार ८४० र अन्य समूहका ६ जना रहेका छन् । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन अभिमुखीकरण कार्यक्रम वैशाख १ मा सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, धनुषा र रौतहटका लागि जनकपुरधाममा र बारा र पर्साका लागि वैशाख २ गते हेटौंडामा गर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार