spot_img
बिहिबार, अशोज ११, २०८०
बिहिबार, अशोज ११, २०८०
- Advertisement -spot_imgspot_img
खेलकुदचेल्सी एफए कप फुटबलको सेमिफाइनलमा

चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा

- Advertisment -spot_img

काठमाण्डाै – प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा च्याम्पियनसिप क्लब मिड्ल्सब्रोलाई २–० गोलले हराउँदै चेल्सीले अन्तिम चारको यात्रा तय गरेको हो ।

चेल्सीका रोमेलु लुकाकु र हाकिम जीएचले एक/एक गोल गरे । खेलको १५ औँ मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ३१ औँ मिनेटमा जीएचले गोल थपे । हारसँगै च्याम्पियनसिप क्लब मिड्ल्सब्रोको एफए कप यात्रा सकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img

ताजा समाचार