spot_img
सोमबार, बैशाख ८, २०८२
सोमबार, बैशाख ८, २०८२
- Advertisement -spot_imgspot_img
समाचारजनमत पार्टीका अध्यक्ष डा. सि.के. राउतको अभिव्यक्ति गैरराजनीतिक र...

जनमत पार्टीका अध्यक्ष डा. सि.के. राउतको अभिव्यक्ति गैरराजनीतिक र खेदजनक

चैत १०, जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का नेता उमेशकुमार यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतले दिएको अभिव्यक्ति गैरराजनीतिक र  खेदजनक रहेको बताएका छन् ।

पूर्व मन्त्री यादवले बिहीबार आफ्नो सामाजिक सञ्जाल facebook मार्फत यस्तो लेखेका  हुन् ।

- Advertisement -

उनले लेखेका छन्, ‘हिजो माननीय श्री सिके राउतले जसपा अध्यक्ष श्री उपेन्द्र यादवलाई लक्षित गरेर बारामा व्यक्त गर्नुभएको टिप्पणी गैरराजनीतिक र  खेदजनक छ। उहाँको दिशाविहीन र दरिद्र मानसिकताले संस्कारहीन राजनीतिलाई मलजल गर्ने र अफवाहपूर्ण  प्रचार युद्धबाट जे पनि गर्न सकिन्छ भन्ने गलत मान्यता स्थापित गर्न खोज्दै छ। उहाँ मधेसमा देशभित्र र बाहिरका शक्तिको आडमा जुन जातीय हिंसा मच्चाउन खोज्दै हुनुहुन्छ, त्यसको फल ढिलोचाँडो उहाँले पनि चाख्नुपर्ने हुन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार