भदौ १४,जनकपुरधाम :
नेपाल आयल निगम, धनुषा महेन्द्रनगर इन्धन डिपोमा कार्यरत कर्मचारी राकेश कुमार वर्माको हत्या भएको छ।
सिरहा नगरपालिका ३ घर भई डिपोमा कार्यरत वर्माको आज विहान बेल्चाले हानेर त्यही कार्यरत अर्का कर्मचारीले हत्या गरेका हुन्।उनको कर्मचारी प्रकाश यादवले हत्या गरेको प्रहरीले जनाएको छ । यादव धनुषाको सबैला नगरपालिका १० छन् ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले आज विहान करिब १० बजे वर्माको हत्या भएको जानकारी दिए । हत्यामा संलग्न प्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको उनले बताए ।
मृतक वर्माको शव अहिले घटनास्थलमै छ । स्रोतका अनुसार सरसफाईको विषयमा वर्मा र यादवबीच हिजो कार्यालयमै विवाद भएको थियो । सोही निहुँमा उनको हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएकाे छ ।