spot_img
आइतबार, बैशाख ७, २०८२
आइतबार, बैशाख ७, २०८२
- Advertisement -spot_imgspot_img
समाचारविभिन्न पार्टी परित्याग गरी १०० औ जना नेकपा माओवादी...

विभिन्न पार्टी परित्याग गरी १०० औ जना नेकपा माओवादी केन्द्रमा प्रवेश

असोज ७ धनुषा : धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ५ मा विभिन्न पार्टी परित्याग गरी १०० औ जना नेता कार्यकर्ता नेकपा माओवाद केन्द्रमा प्रवेश गरेका छन् ।


धनुषाधाम नगरपालिकामा घर घरमा माओवादी जन जनमा माओवादी जनता सङ्ग माओवादी विशेष रुपान्तरण अभियान तथा पार्टी प्रवेश कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन ।

- Advertisement -


यसरी पार्टीमा प्रवेश गर्नेमा नेपाली काग्रेस , नेकपा एमाले , राष्ट्रिय प्रजातन्त्र पार्टी , जसपा नेपाल तथा जनमत पार्टीका नेता तथा कार्यकर्ता छन् ।

नव प्रवेशी कार्यकर्ताहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवाद केन्द्रका केन्द्रिय सचिव तथा मधेस प्रदेश ईन्चार्ज लिला मणि पोखरेल बिशिस्ट अतिथि मधेस प्रदेशको उद्योग बाणिज्य तथा पर्यटन मा. सुनिता यादब , केन्द्रिय सदस्य तथा धनुषा जिल्ला ईन्चार्ज अजय शंकर नायक , पुर्ब मधेस प्रदेश कमिटी सदस्य तथा धनुषा जिल्ला सह ईन्चार्ज झल्कु यादब जिल्ला संयोजक दिपक यादब , केन्द्रिय अनुशासन आयोगका सदस्य शशिकला दाहाल , नगर अध्यक्ष बिशनि यादब , YCL मधेस प्रदेश ईन्चार्ज अनिल पासवान , मधेस प्रदेश सह संयोजक तथा धनुषा जिल्ला ईन्चार्ज सरोज यादब , मिथिला बिहारी नगर कमिटीका अध्यक्ष प्रदिप नारायण साहले टिका तथा गमछा लगाइ पार्टी प्रवेश गराए ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार