spot_img
सोमबार, अशोज १५, २०८०
सोमबार, अशोज १५, २०८०
- Advertisement -spot_imgspot_img
समाचारआदीवासी जनजाति महासंघ हंसपुरले नगरकार्यपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाइयो

आदीवासी जनजाति महासंघ हंसपुरले नगरकार्यपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाइयो

- Advertisment -spot_img

असार ४, जनकपुरधाम । आदीवासी जनजाति महासंघ हंसपुरले विभिन्न माग सहित  हंसपुर नगरपालिकाका नगर प्रमुख प्रदिप यादवलाई ज्ञापन पत्र बुझाएका छन् ।

हँसपुर नगरपालिकाले आदिवासी जनजाती सूचिकरण कार्यविधी २०७८ पारित गरि मिती २०७८/०९/२६ मा कार्य समूह गठन गरेको र सो कार्य समूहले मिती २०७८/१२/१७ गते हँसपुर नगरपालिका क्षेत्र भित्रका  अमात , कुम्हार , कुर्मी , केवट  , भेडिहर , विन्द  , मलाह  , माली र  बरही गरि नौ जाती लाई आदिवासी जनजातीमा सूचिकृत गर्न प्रतिवेदन बुझाइएको छ ।

हँसपुर नगरपालिकाले मिति २०७८/१२/२४ गते कार्यपालिकाबाट आदिवासी जनजाती सूचिकरण कार्य समूहको प्रतिवेदन अनुमोदन गरि मिति २०७८/१२/२४ मा नै राजपत्र समेत प्रकाशित गरि सकेको छ ।

महासंघको ज्ञापनपत्रमा  हंसपुर नगरपालिकाले आदिवासी जनजातीमा सुचिकृत गरी सकेका जातीहरुको वारेमा सम्वन्धित निकायमा जानकारी गराउन तथा सेवा सुविधा प्रवाह गर्न पटक पटक लिखित एंव मौखिक रुपले भनि रहदाँ पनि वर्तमान नगर प्रमुख  यादवले वास्ता नगरी हाम्रो अनुरोधलाई अस्विकार गरी विभेद गर्दै आईरहेको थियो- हामी आदिवासी जनजातीहरु बाध्य भई ज्ञापन पत्र दिन उपस्थित भएका छौ । आजका मितिले ३ (तिन) दिन भित्र हाम्रो माग संवोधन भएन भने हामी अर्को कदम चालन बाध्य हुने समेत  ज्ञापन पत्रमा उल्लेख गरीएको छ ।

आदीवासी जनजाति महासंघ हंसपुरका अध्यक्ष राम उदेश मण्डल , हंसपुर नगरपालिकाका पूर्व नगर प्रमुख रामज्ञान मण्डल , आदिवासी जनजाति महासंघ हंसपुरका प्रतिनिधिको साथै सयौँको संख्यामा स्थानीयहरुको उपस्थितीमा ज्ञापन पत्र बुझाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img

ताजा समाचार