मिथिलाञ्चल टाइम्स डेस्क
चैत १,काठमाडौ । एकीकृत अखिल नेपाल शिक्षक संगठनको छैटौं राष्ट्रिय महाधिवेशनले शंकर अधिकारीको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रिय समिति तथा ३०० जनाको केन्द्रिय परिषद समिति गठन गर्दै क्वालिटि ब्यनक्ट बुद्धनगर बानेश्वर काठमाडौमा सम्पन्न भएकाे छ ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनको छैटौं राष्ट्रिय महाधिवेशनले केन्द्रीय अध्यक्षमा शंकर अधिकारी र गण्डकी प्रदेशबाट नेपाल शिक्षक महासंघको राष्ट्रिय समिति सह अध्यक्षमा नानुमाया पराजुली , मधेस प्रदेशबाट संगठनको केन्द्रिय उपाध्यक्षमा किरण यादव ,उप महासचिवमा दिनेश राय, सचीवमा भुप नारायण अधिकारि , देबिदत प्रसाद राय, राजबिर मह्तो ,केन्द्रीय सदस्यहरुमा रिता चौधरी , हिरालाल महतो , तेजनारायण साह , राजु अधिकारी ,केन्द्रिय परिषद सदस्यहरुमा मिथिलेश प्रसाद मन्डल ,बिन्देश्वर यादव ,अमरनाथ साफि,बिरेन्द्र प्रसाद यादव, गंगा कुमारी झा,मन्जुला कुमारि यादव ,महेन्द्र ठाकुर ,अशोक यादव , ओम बहादुर कार्की ,राश नारायण राय,धुर्ब भण्डारी,राम आशिष महतो,बेचन राय,मुन्ना सिंह ,दिपेन्द्र झा,लालबहादुर मण्डल ,प्रमोद प्रसाद यादव ,अशोक यादव ,रंन्जु परियार ,भगवान बाबु साह,रामनाथ यादव ,नेत्र बहादुर रम्तेल,निलम दास ,प्रदिप कार्की ,उषा पासमान र सुशील कुशवाहालाई चयन गरेकाे छ ।
अधिवेशनका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्प कमल दहाल ( प्रचण्ड ) , बिशिस्ट अतिथि नेकपा माओवादी केन्द्रको केन्द्रिय उपाध्यक्ष अग्नि सापकोटा ,स्थायी कमिटी सदस्य तथा राष्ट्रिय साभ सदस्य नारायण दहाल,केन्द्रिय सल्लाहकार संयोजक तथा उनेस्को सहायक महासचिव रामेश्वर यादव तथा अतिथिहरुको उपस्थिति रहेको थियोे ।
अधिवेशनमा शुभकामना शुभकामना मन्तव्य दिदै एकीकृत अखिल नेपाल शिक्षक संगठनले शैक्षिक गुणस्तर वृद्धि गरि सक्षम नागरिक निर्माणमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्न आग्रह गरेका थिए । यस संगठनले स्थापना काल देखि वर्तमान अवस्थासम्म शैक्षिक सुधारमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेकाे ,शिक्षकहरूकाे पेशागत हकअधिकार प्राप्तीकाे लागि अग्रपंक्तिमा काम गरेकाे लगायतका कुराहरूकाे बारेमा अतिथिहरूले धारणा राख्दै अधिवेशनले देशकाे पछिल्लो समसामयिक परिवेशमा चलायमान हुन सक्ने कुशल नेतृत्व छनाेट गर्नेछ भन्दै अधिवेशनकाे सफलताको शुभकामना दिएका थिए ।
अध्यक्षता संगठनका केन्द्रिय अध्यक्ष शंकर अधिकारीले गरेका थिए । भन्ने जानकारी मधेस प्रदेश एकीकृत अखिल नेपाल शिक्षक संगठनका महासचिव गुलाब चन्द्र यादवले दिनु भएको छ ।