एजेन्सी
युक्रेन युद्धलाई लिएर दुई विश्व शक्ति देश अमेरिका र रुस आरोप-प्रत्यारोपमा उत्रिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निन्दा गर्नुभएको छ ।
युक्रेनमा गरेको आक्रमणलाई लिएर बाइडेनले रुसी राष्ट्रपति पुटिनलाई पदमा बस्न लायक नरहेको टिप्पणी समेत गर्नुभएको छ । पोल्यान्डकाे राजधानी बार्सामा भएको कार्यक्रममा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले पुटिन शक्तिमा रहन नहुने समेत बताउनु भएकाे छ ।
बाइडेनले सम्बोधन गर्दैगर्दा रुसले पोल्यान्डकाे सीमाबाट झण्डै ४० माइलको दूरीमा रहेको युक्रेनको लभिभ सहरमा आक्रमण गरेको छ । साथै बाइडेनको टिप्पणीमा जवाफ दिँदै रुसी राष्ट्रपति कार्यालयले पुटिन शक्तिमा रहने वा नरहने भन्ने निर्णय बाइडेनको नभइ रुसी नागरिकको रहेको प्रतिक्रिया दिएको छ ।
क्रेमलिनले रुसी नागरिकले चुनेका पुटिनबारे निर्णय गर्ने बाइडेन को हुन् ? भन्ने प्रश्न समेत गरेको बीबीसीले जनाएको छ ।