८ चैत, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले नेपालको राजनीतिमा आएको विकृति एनआरएनएमा देखिएको बताएका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औं विश्व सम्मेलन उद्घाटन समारोहलाई आज काठमाडौंमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
नेपाली बैंकमा निक्षेप खाता खाेल्न आग्रह
संस्थाका संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेकाे प्रशंसा गर्दै उनले सबै एनआरएनहरुलाई एउटै मञ्चमा ल्याउन आग्रह गरे । गैरआवासीय नेपालीहरुले विदेशमा सिकेकाे सिप र पुँजी नेपाल भित्र्याउन उनले आग्रह गरे । ‘आफ्नाे जन्मभूमिलाई तपाईंहरूले माया गर्नुपर्छ, जति लगानी आउनुपर्ने आएको छैन,’ अर्थमन्त्री शर्माले भने, ‘बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा ल्याउनुपर्याे ।’
गैर आवासीय नेपालीहरुले नेपालमा बैंक खाता खाेल्न सहज बनाइएको भन्दै उनले सबैलाई खाता खाेल्न आग्रहसमेत गरे । ‘मलाई विश्वास छ तपाईंहरुले १ हजार डलर राखेर बैंक खाता खाेलेरमात्रै जानुहुनेछ,’ उनले भने ।