spot_img
बुधबार, जेष्ठ १६, २०८१
बुधबार, जेष्ठ १६, २०८१
- Advertisement -spot_imgspot_img
बिशेष खबररौतहटमा स्कारपियोको ठक्करबाट दुई युवकको मृत्यु

रौतहटमा स्कारपियोको ठक्करबाट दुई युवकको मृत्यु

sharethis sharing buttonजनकपुरधाम, चैत ३ गते ।

रौतहटमा स्कार्पियोको ठक्करबाट दुई युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा बृन्दाबन नगरपालिका ६ स्थानीय हर्साहा गाउँका ३५ वर्षीय जितेन्द्र पटेल र सोही ठाउँका २८ वर्षीय हरिकुमार ठाकुर रहेको प्रहरीले जनाएको छ ।

- Advertisement -

बुधबार राति साढे ८ बजेको समयमा रौतहटको चन्द्रनिगाहपुर गौर सडकखण्ड अन्तर्गत हर्साहा चौकमा बा १७ च ६१६३ नम्बरको स्कार्पियोले हर्साहा चौकमा ठक्कर दिंदा पैदल यात्री दुवै युवकको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइतेभएका ठाकुरको उपचारको क्रममा स्थानीय अस्पताल र पटेलको उपचारको लागि एम्बुलेन्सबाट भरतपुर जाने क्रममा रातिनै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।ठक्कर दिने गाडी चालक मौलापुरका संजय पाण्डे र अर्का गाडीमा सवार सोही ठाउँका कुन्दन पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

- Advertisement -

ठक्करदिने गाडीमा मदिराको बोतल भेटिएकाले मादक पदार्थ सेवन गरेर जथाभावी गाडी चलाएकाले घटना भएको स्थानीयको भनाइ छ ।

मृतकका आफन्तहरुले दुबैजनाको शव हर्साहा चौकमा राखेर दोषीलाई कार्वाही र क्षतिपूर्तिको माग गर्दै आज बिहानै देखि प्रदर्शन गरिरहेका छन् ।

घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार