माघ २३ जनकपुरधाम । नेकपा माओवादी केन्द्रले मन्त्रीको नाम टुंगो लगाएसँगै मधेश प्रदेश सरकारले पूर्णता पाएको छ ।
मन्त्री बन्ने विषयमा विवाद हुदाँ मधेश प्रदेश सरकारमा सहभागी नभएका माओवादी केन्द्रले मन्त्री र राज्य मन्त्रीको टुंगो लगाएका छन् ।
उद्योग, पर्यटन तथा वन मन्त्रालय सुनिता यादवले सम्हाल्ने छन् भने राज्यमन्त्रीमा रहबर अन्सारीलाई पठाउने माओवादीले निर्णय गरेको छ । अहिले सो मन्त्रालय मुख्यमन्त्री सरोजकुमार यादवले सम्हाल्दै आएका छन् ।
मंगलबार दिउँसो १ बजे मन्त्री र राज्यमन्त्रीको सपथग्रहण कार्यक्रम समेत तय गरिएको जनाइएको छ ।
यससँगै मधेश प्रदेश सरकारमा पहिलोपटक दुई जना महिला क्याबेनिट मन्त्री भएकी छन् ।