spot_img
आइतबार, बैशाख ७, २०८२
आइतबार, बैशाख ७, २०८२
- Advertisement -spot_imgspot_img
समाचारमधेस प्रदेशमा माओवादीबाट सुनिता यादव मन्त्री र ...

मधेस प्रदेशमा माओवादीबाट सुनिता यादव मन्त्री र रहबर अन्सारी राज्यमन्त्री बन्दै

माघ २३ जनकपुरधाम । नेकपा माओवादी केन्द्रले मन्त्रीको नाम टुंगो लगाएसँगै मधेश प्रदेश सरकारले पूर्णता पाएको छ ।

मन्त्री बन्ने विषयमा विवाद हुदाँ मधेश प्रदेश सरकारमा सहभागी नभएका माओवादी केन्द्रले मन्त्री र राज्य मन्त्रीको टुंगो लगाएका छन् ।

- Advertisement -

उद्योग, पर्यटन तथा वन मन्त्रालय सुनिता यादवले सम्हाल्ने छन् भने राज्यमन्त्रीमा रहबर अन्सारीलाई पठाउने माओवादीले निर्णय गरेको छ । अहिले सो मन्त्रालय मुख्यमन्त्री सरोजकुमार यादवले सम्हाल्दै आएका छन् ।

मंगलबार दिउँसो १ बजे मन्त्री र राज्यमन्त्रीको सपथग्रहण कार्यक्रम समेत तय गरिएको जनाइएको छ ।

- Advertisement -

यससँगै मधेश प्रदेश सरकारमा पहिलोपटक दुई जना महिला क्याबेनिट मन्त्री भएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार