spot_img
आइतबार, बैशाख ७, २०८२
आइतबार, बैशाख ७, २०८२
- Advertisement -spot_imgspot_img
मधेश प्रदेशपूर्वपश्चिम राजमार्ग विस्तारका श्रमिक आन्दोलित , ठेकेदार कम्पनीले...

पूर्वपश्चिम राजमार्ग विस्तारका श्रमिक आन्दोलित , ठेकेदार कम्पनीले आफूहरूमाथि श्रमशोषण गरेको आरोप

चैत २६, सप्तरी ।

पूर्वपश्चिम राजमार्ग विस्तारका क्रममा चार लेनको सडकखण्ड निर्माणमा संलग्न श्रमिक आन्दोलित भएका छन् । लगाउँदै सप्तरीको कञ्चनपुर–बलान सडक खण्डमा काम गरिरहेका श्रमिकहरू आन्दोलित भएका हुन् । कानुनबमोजिम ज्याला नपाएको उनीहरूको भनाइ छ ।

- Advertisement -

उक्त सडक खण्ड निर्माणको जिम्मा चाइना रेल्ने नम्बर २ इन्जिनयरिङ ग्रुप कम्पनी लिमिटेड (सिआरइजिसी) ले पाएको छ । यहाँ ४ सय नेपाली श्रमिक कार्यरत छन् । उनीहरूले ठेकेदार कम्पनीले श्रमशोषण गरेको आरोपसहित सप्तरीको अग्निसाइर कृष्णासवरण गाउपालिकाको न्यायिक समितिमा उजुरी गरेका दिएका हुन् । माग पूरा गर्न आग्रह गर्दै पटक पटक आन्दोलन गरे पनि चिनियाँ कम्पनीले नसुनेको उनीहरूको गुनासो छ ।

चिनियाँ कम्पनीले काममा लगाउँदा कुनै सम्झौता नगरेको, नियुक्ति पत्र नदिएको, कामदारलाई उक्त कम्पनीको पहिचान खुल्ने कुनै परिचय पत्र नदिएको तथा श्रम ऐनअनुसार ज्याला नदिएको उजुरीमा उल्लेख छ ।

- Advertisement -

गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक समिति संयोजक मीना चौधरीले राजमार्ग विस्तारमा कार्यरत मजदुरहरूले श्रम ऐनअनुसारको ज्याला र सुविधा नपाएको भन्दै उजुरी दिएकाले छानबिन प्रक्रिया बढाइएको बताइन् । माग पूरा गराउन मजदुरहरूले अहिलेसम्म तीनपटक काम बन्द गरेर आन्दोलन गरिसके पनि आश्वासन मात्र पाउँदै आएको गुनासो गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार