spot_img
आइतबार, असार १०, २०८१
आइतबार, असार १०, २०८१
- Advertisement -spot_imgspot_img
बिशेष खबररौतहटबाट ३ लाख घुससहित ‘हेडमास्टर’ अख्तियारको फन्दामा

रौतहटबाट ३ लाख घुससहित ‘हेडमास्टर’ अख्तियारको फन्दामा

चैत ३० , रौतहट ।

तीन लाख रुपैयाँ घुससहित रौतहटबाट एक प्रधानाध्यापक (हेडमास्टर) र सर्जिकलका संचालक अख्तियारको फन्दामा परेका छन् ।
रौतहटको गौर स्थित बिश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहा, घिउराका प्रधानाध्यापक राकेशकुमार ठाकुर र दिपेन्द्र सर्जिकल पसलका सञ्चालक दिपेन्द्रकुमार झा पक्राउ परेका छन् ।

- Advertisement -

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलिले दुबैजनालाई तीनलाख रुपैयाँ घुससहित मंगलबार बिहान पक्राउ गरेको हो ।प्रधानाध्यापक ठाकुरले करार अवधि थप गर्नका लागि घुस लिएको अख्तियारको आरोप छ ।

उनीहरुलाई रौतहटको यमुनामाई गाउँपालिकाको सरुअठ्ठाबाट रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।

- Advertisement -

दुबैजनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार